नुवाकोटमा मनाइयो पृथ्वी जयन्ती- विविधा - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नुवाकोटमा मनाइयो पृथ्वी जयन्ती

कृष्ण थापा

नुवाकोट — जिल्लामा ३०१ औं पृथ्वी जयन्ती तथा एकता दिवस विविध कार्यक्रम गरी मनाइएको छ । विदुर नगरपालिका-५ स्थित देवीघाटमा पृथ्वी स्मारक समितिले बुधबार आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा सांसद अर्जुननरसिंह केसीले पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरिएको थियो ।

त्यस्तै पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेको पहिलो ठाउँ पुरानो सदरमुकाम विदुर नगरपालिका-२ शाहको सम्झना गरिएको थियो ।

देवीघाटको कार्यक्रमलाई सम्बोधन गर्दै सांसद केसीले देवीघाटलाई सांस्कृतिकरुपमा विकास गरिने बताए ।

त्यसैगरी राप्रपाले पार्टी कार्यालय विदुरमा पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण र अन्य विविध कार्यक्रम गरी पृथ्वी जयन्ती मनाएको छ । राप्रपाले बर्सेनि पुस २७ लाई राष्ट्रिय एकता दिवस मनाउन पहल गरेपछि सरकारले यो वर्ष सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित : पुस २७, २०७९ २१:५४
प्रतिक्रिया
पठाउनुहोस्

सेनाको एकीकरण मार्ग पदयात्रा नुवाकोटबाट काठमाडौंका लागि प्रस्थान

कृष्ण थापा

नुवाकोट — नेपाली सेना एकीकरण दीपज्योतिसहित सातदिने एकीकरण मार्ग पदयात्राको चौथो दिन आइतबार पुरानो सदरमुकाम नुवाकोटबाट काठमाडौंका लागि प्रस्थान गरेको छ ।

विदुर नगरपालिका-२ स्थित नुवाकोट पुरानो सदरमुकाम साततले दरबार नजिकै रहेको भैरवी मन्दिरको प्रांगणमा विदुर नगरपालिका-२ ले स्वागत कार्यक्रम राखेको थियो । पदयात्रामा पृथ्वीनारायण शाहको जन्मोत्सवको अवसरमा तत्कालीन फौजले नेपाल एकीकरणको क्रममा प्रयोग गरेका पोसाक, हातहतियारबाट सुसज्जित भई नेपालको झन्डासहित त्यस बेलाका ५ वटा पल्टन र एकीकरण दीपज्योति साथ लिई प्रदर्शन गरेको थियो ।

सेनाको टोलीलाई स्थानीय, जनप्रतिनिधि, पूर्वसैनिक, राष्ट्रिय सेवा दलका क्याडेट, बुद्धिजीवीले स्वागत गरेका थिए । साथै नुवाकोटमा ६ नम्बर बाहिनीपति र जबरजंग गणका गणपतिको पनि उपस्थिति थियो ।


३०१ औंं पृथ्वी जयन्तीको अवसरमा चार वर्षदेखि नेपाली सेनाले एकीकरण मार्ग पदयात्रा गर्दै आएको छ । नेपाल एकीकरणको समयमा पृथ्वीनारायण शाह र उनका गोर्खाली सेनाद्वारा विजय अभियानका लागि प्रयोग भएका पदमार्गलाई प्रयोग गरेर नेपाली सेनाले २०७६ सालदेखि एकीकरण दीपज्योतिसहित पदयात्रा गर्दै आएको हो ।

यही पुस २१ गतेबाट गोरखाबाट सुरु भएको यस पटकको पदयात्रा आइतबार बिहान नुवाकोट आइपुगेको छ । । आइतबार साँझ चतुराले, सोमबार ककनी हुँदै मंगलबार नुवाकोट र काठमाडौंको सिमानाको कालीध्वज गणलाई दीपज्योति हस्तान्तरण गर्ने कार्यतालिका छ ।

पदयात्रा यही पुस २७ गते जंगीअड्डामा आयोजना हुने ३०१ औं पृथ्वी जयन्तीको विशेष समारोहबीच समापन गर्ने कार्यक्रम छ ।

प्रकाशित : पुस २४, २०७९ २२:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×