कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

काठमाडौं विश्वविद्यालयमा अब ईन इन्फरमेसन टेक्नोलोजीमा डबल डिग्री

ज्योती श्रेष्ठ

काभ्रे — काठमाडौं विश्वविद्यालयले डबल डिग्री ईन इन्फरमेसन टेक्नोलोजी सञ्चालन गर्ने भएको छ । विश्वविद्यालयको डिपार्टमेन्ट अफ कम्प्युटर साईन्स एण्ड इन्जिनियरिङ र अस्ट्रेलियाको क्राउन सिटी अफ हाइयर एजुकेसन (सीआईएचई ) संघको समन्वयमा डबल डिग्रीको कार्यक्रम सञ्चालन हुन लागेको हो । 

काठमाडौं विश्वविद्यालयमा अब ईन इन्फरमेसन टेक्नोलोजीमा डबल डिग्री

कार्यक्रम सञ्चालनका लागि कम्प्युटर विज्ञान तथा ईन्जिनियरिङ विभाग, स्कुल अफ इन्जिनियरिङ काठमाडौं विश्वविद्यालय, धुलिखेल र क्राउन इन्स्टिच्युट अफ हायर एजुकेशन, सिड्नी, अष्ट्रेलियाले ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजीमा डबल डिग्री कार्यक्रम सुरु गर्न २६ जनवरी २०२४ मा सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार, यसअघि २०२३ अगस्ट १ तारिकमा काठमाडौं युनिभर्सिटी स्कुल अफ इन्जिनियरिङ् र क्राउन इन्स्टिच्युट अफ हायर एजुकेशन (सीआईएचई) बीच सूचना प्रविधिको स्नातक तहमा डबल डिग्री कार्यक्रम सञ्चालन गर्न समझदारी पत्र र निश्चित सम्झौता भएको विश्वविद्यालयले जनाएको छ ।

दुई शैक्षिक संस्थाहरूबीच स्टाफ एक्सचेन्ज, विद्यार्थी आदानप्रदान कार्यक्रम, र शैक्षिक सामग्रीको आदानप्रदान लगायत विभिन्न सहयोगी पहलहरू समावेश गरी शैक्षिक क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोग अभिवृद्धि गर्ने उद्देश्यले बहुआयामिक साझेदारीको लागि मार्ग स्थापना गर्ने लक्ष्यका साथ यस कार्यक्रम अघि बढाइएको विश्वविद्यालयका इन्जिनियरिङ विभागका डिन प्रा.डा.मनिस पोखरेलले बताए ।

उनका अनुसार, यसबाहेक, एमओयूले साझा शैक्षिक कार्यहरूप्रति प्रतिबद्धता प्रदर्शन गर्दै अभिनव संयुक्त डिग्री पाठ्यक्रमहरू स्थापना र कार्यान्वयन गर्न संयुक्त प्रयासहरूको पनि परिकल्पना गरेको छ ।

कार्यक्रमको बारेमा जानकारी गराउँदै काठमडौं विश्वविद्यालयका डिपार्टमेन्ट अफ कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ, ब्याचलर इन इन्फरमेसन टेक्नोलोजि प्रोगामका एसोसिएट प्रोफेसर डा.बाल कृष्ण बलले चार वर्ष पढाई हुने उक्त विषय दुई वर्ष काठमाडौं विश्वविद्यालयमा हुने र बाँकी दुई वर्ष अस्ट्रेलियाको क्राउन इन्स्टिच्युट अफ हायर एजुकेशन (सीआईएचई) मा हुने बताए ।

सम्झौता भए अनुसार नै उक्त कार्यक्रमका लागि विद्यार्थी भर्ना कार्यक्रम पनि अघि बढेको छ । विद्यार्थी प्रवेशका लागि शुल्क संरचना र छात्रवृत्तिको रूपरेखा तय भएको जनाइएको छ ।

‘चार वर्ष पढाई हुने उक्त विषयका लागि ३० जना विद्यार्थीलाई सहभागी गराउने गरी विश्वविद्यालयले तयारी गरिरहेको छ,’ उनले भने, ‘अहिलेलाई विश्वविद्यालयले फेब्ररी ८ तारिकसम्म विद्यार्थीले आवेदन दिन मिल्ने गरी भर्ना खुल्ला गरिएको छ ।’

प्रकाशित : माघ १७, २०८० २०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×