कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

अस्ट्रेलियाबाट नेपाली पुरातात्विक कलाकृति फिर्ता ल्याइँदै

रासस

काठमाडौं — अस्ट्रेलियाको ‘नेसनल ग्यालरी'मा रहेका नेपाली पुरातात्विक महत्त्वका चार थान काठका कलाकृति नेपाल फिर्ता ल्याइने भएको छ । 

अस्ट्रेलियाबाट नेपाली पुरातात्विक कलाकृति फिर्ता ल्याइँदै

नेपाली कलाकारले २०औँ शताब्दीभन्दा अगाडि बनाएका काठका कलाकृति विभिन्न माध्यमबाट क्यानबेरास्थित नेसनल ग्यालरी अफ अस्ट्रेलिया पुर्‍याइएको थियो ।

नेसनल ग्यालरीले नै कलाकृति नेपाली दूतावासलाई हस्तान्तरण गरेको थियो । यसरी हस्तान्तरण गरिएका चार थान काठका कलाकृति सांग्रिला इन्टरनेसनल फ्रेट प्रालिले नेपाल ल्याउन लागेको हो ।

कूल २२ सेन्टिमिटर उचाइ ४३ दशमलव छ सेन्टिमिटर चौडाइ र ११ सेन्टिमिटर गहिराइको सानो आयताकार प्यानल एउटा र तीन वटा विभिन्न साइजका ‘आर्क’ शैलीका प्यानल छन् ।

पुरातात्विक महत्त्वका कलाकृतिलाई जम्मा तौल २६ केजी रहेको सांग्रिला कार्गोका कार्यकारी निर्देशक सौगात सिंहले जानकारी दिए । नेपाल ल्याएपछि ती कलाकृति पुरातत्व विभागमा राखिनेछ ।

प्रकाशित : असार ११, २०८० १५:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×