उत्कृष्ट ‘कन्टेन्ट क्रेयटर’लाई अपट्रेन्डलीको सम्मान
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौँ — खानपान तथा रेष्टुरेन्ट जीवनशैलीका कथालाई सृजनात्मक भिडियो सामाग्री बनाउँदै सामाजिक संजालमार्फत् प्रचारप्रसार गर्दै आइरहेका देशभरका उत्कृष्ट ‘कन्टेन्ट क्रेयटर’ मध्ये ७ जनालाई अपट्रेन्डली मिडियाले बुधबार सम्मान गरेको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![उत्कृष्ट ‘कन्टेन्ट क्रेयटर’लाई अपट्रेन्डलीको सम्मान](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/third-party/dsc02100-0122024033017-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
कान्तिपुर पब्लिकेसन्ससँगको सहकार्यमा अपट्रेन्डलीले आयोजना गरेको समारोहमा राइजिङ स्टारको उपाधि स्न्याक्स असले प्राप्त गरेको छ ।
त्यस्तै ब्रेक थ्रो फुड कन्टेन्टको उपाधि मिस्टर फुडीले प्राप्त गरेको छ । शोकेस अफ लोकल कुजिनको उपाधि कान्छी किचनले प्राप्त गरेको छ ।
बेस्ट ब्रान्ड कोलाब्रेसनको उपाधि नेपाली काभ्रिङ्गस, बेस्ट ट्रेन्ड लभ इट रिपिट, बेस्ट अडियो भिज्वल माइ डार्लिङ फुड र फ्लोर लभको उपाधि नेपाली फुड ट्राभलरले हात पारेका थिए ।
अपट्रेन्डलीका सीइओ मनायक कार्कीले खापान संस्कृतिका कथालाई प्रचारप्रसार गर्न देशभर छरिएका फुड ब्लगर, कन्टेन्ट क्रियटर लगायतका सृजनाकर्ताहरुलाई पहिलोपटक सम्मान गरिएको बताए ।
उनका अनुसार, यो समारोहमा देशभर छरिएका झन्डै २ सय जना प्रभावशाली सृजनाकर्ताबाट छनौट गरिएको हो ।
‘होटल पर्यटन विधा अन्तर्गत खानपान शैलीलाई बिस्तार गर्न हामीले गर्न लागेको यो पहिलो पहलकदमी हो,’ उनले भने ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)