कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दिक्तेलको चित्र बबरमहलमा

डम्बरसिं राई

खोटाङ — दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी–२०८०’ काठमाडौंमा सुरु भएको छ ।

दिक्तेलको चित्र बबरमहलमा

स्वदेशी तथा विदेशी चित्रकारलाई सहभागी गराएर गत असोज–१७ गतेदेखि २१ गतेसम्म दिक्तेलमा आयोजित ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी–२०८०’मा कोरिएका २०१ वटा क्यानभास चित्रलाई शनिबारदेखि काठमाडाौको बबरमहलस्थित नेपाल कला परिषदमा राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरी सुरु गरेको हो ।

राष्ट्रपति पौडेलले क्यानभासमा चित्र कोर्नुका साथै पानसमा बत्ती बालेर उद्घाटन गरेका हुन् । संसारभर छरिएर रहेका खोटाङ्गे मनलाई एउटै थलोमा जोड्ने र चित्रकलाको माध्यमबाट खोटाङ र सिङ्गो नेपाललाई विश्वमाझ परिचय गराउँदै पर्यटन प्रवर्द्धन र आर्थिक समृद्धिमा जोड्ने लक्ष्य राखिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताए । प्रदर्शनमा राखिएका चित्रलाई दिक्तेलमा सङ्ग्रहालय बनाएर राखिने भट्टराईले सुनाए ।

प्रदर्शनीमा असोज १७ देखि २१ गतेसम्म दिक्तेलको मझुवागढी, भवनगैरा, हाटडााडा, शंखधर शाख्वाचोक र शुभम् फाउण्डेसन लगायतका विभिन्न ठाउँहरूमा कोरिएको चित्र राखिएको छ ।

दिक्तेलमा भएको चित्रकला कार्यशाला तथा प्रदर्शनीमा नेपालसहित अष्ट्रेलिया, बंगलादेश, भुटान, चीन, जापान, इजिप्ट, भारत, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनामका चित्रकार सहित विभिन्न ५० देशका ख्याति कमाएका चित्रकारहरूले चित्र कोरेका थिए । त्यही चित्र काठमाडौंमा प्रदर्शनीमा राखिएको हो ।

प्रदर्शनी कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराती लगायतको उपस्थिति थियो । प्रदर्शनीमा मन्त्री किरातीले अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी कार्यक्रमले नगरपालिकालाई मात्र नभइ सिङ्गो खोटाङलाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराएको बताएका छन् ।

प्रतिनिधिसभा सदस्य रामकुमार राईले स्वदेश तथा विदेशबाट आएका ख्यातिप्राप्त चित्रकारले उतारेका चित्रमा समग्र खोटाङको तस्विर झल्किएको बताए । ‘प्रदर्शनीमा राखिएका चित्रले खोटाङको ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा परिचित गराउादै यहााको सास्कृति, सभ्यता, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा टेवा पुग्ने छ,' उनले भने ।

चित्रकला आगामी फागुन १७ गतेसम्म प्रदर्शनीमा राखिने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विसन राईले बताए । त्यस दिन प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदर्शनी समापन गर्ने उपप्रमुख राईले सुनाए । प्रदर्शनीमा जिल्लास्थित दशवटै स्थानीय तहका धार्मिक, साास्कृतिक तथा पर्यटकीयस्थलका तस्बिरहरु पनि राखिएका छन् । उक्त कार्यक्रमको आयोजना दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियोले गरेको हो ।

प्रकाशित : फाल्गुन ५, २०८० २०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?