३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

'अनिच्च'मा ८ कलाकारका कला

काठमाडौँ — संसारका ८ चर्चित कलाकार मिलेर 'अनिच्च' शीर्षकमा कला प्रदर्शनी गर्दैछन् । बौद्धस्थित लिच्छवि हाउसमा आयोजित साता लामो कला प्रदर्शनीमा विभिन्न पृष्ठभूमिबाट आएका कलाकारले अनित्यको भाव प्रस्तुत गरेका छन् ।

'अनिच्च'मा ८ कलाकारका कला

क्यानडेली कलाकार एमिली एभरी योशिको क्रोद्वारा क्युरेट गरिएको प्रदर्शनी चैत ११ देखि १७ सम्म चल्नेछ ।

प्रदर्शनीमा फोटोग्राफी, चित्रकला, भिडियो र अन्तक्रियात्मक कार्यक्रम पनि समावेश छन् । फिल्म निर्देशक, लेखक तथा गुरु खिन्से नोर्बुले कला प्रदर्शनीको शुभारम्भ गरेका हुन् । लिच्छवि हाउसकी कार्यक्रम प्रमुख टारीरत्न प्रधानले सबै कलाकारको अनुपम कलाशैली देखाउन पाउँदा आफूहरु उत्साहित रहेको बताइन् । 'यहाँ समावेश हुने प्रत्येक कलाकृतिले जीवन सँधै कसरी परिवर्तन भैरहेको हुन्छ भनेर गहन र व्यापकरुपमा प्रस्तुत पनि गरेको छ,'उनले भनेकी छन् ।

'अनिच्च'मा फ्रान्सका चर्वेई साई, बेलायतका लुसिन्डा कामेन, पूर्वबाट ड्यालाइस्ट र भ्रमादेव पुष्पा, भुटानका कर्मा वाङ्चुक, भारतकी गौरी गिल र नेपालकी महिमा सिंहले कला प्रस्तुति दिइरहेका छन् ।

प्रकाशित : चैत्र १३, २०८० १७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?