कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चैत २ देखि 'कलाशाला'

काठमाडौँ — चैत २ देखि अन्तर्राष्ट्रियस्तरको कला प्रदर्शनी हुँदैछ । १ सय २० कलाकारको उपस्थितिमा 'कलाशाला'शीर्षकमा प्रदर्शनी हुने भएको हो । 

चैत २ देखि 'कलाशाला'

कला, कलाकार, कला लेखक, कलाको बजार र समाजलाई एकैसाथ लैजाने हेतुले कलाशाला हुन लागेको 'कार्यशाला' संयोजकका रुपमा रहेकी 'आकार आर्ट सेन्टर'की अध्यक्ष तथा कलाकार अनिता भट्टराईले बताइन् ।

चैत ५ सम्म आयोजना हुने 'कलाशाला'मा नेपालसहित भारत, ताइवान, बंगलादेश, इरान र युएईका कलाकारको कलाकार सहभागि हुँदै कार्यशाला पनि गर्नेछन् । कार्यशाला उद्घाटन कार्यक्रम राजधानीको एयरपोर्टस्थित 'होटेल एयरपोर्ट'मा युरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जोको आथित्यमा सुरु हुनेछ ।

'कलाशाला' अन्तर्गत नै कलाकारले पाटन दरवार क्षेत्रको भ्रमणसँगै नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आर्ट ग्यालरी पनि पुग्नेछन् । त्यसपछि भने 'होटेल एयरपोर्ट'मै कला प्रदर्शनी हुनेछ । कलाकारले पशुपतिमा पनि भ्रमण गर्ने योजना रहेको अनिताले बताइन् ।

कलाशालालाई 'इन आर्ट वर्ल्ड'को आयोजनामा आकार सेन्टर र 'नेपाल जर्मन चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिज'ले संयोजन गरेको हो । नेपालमा कला विस्तारकै लागि थुप्रै कार्यक्रमहरु भएपनि 'कलाशाला'लाई फरक ढंगबाट लैजान खोजेको भट्टराईले बताइन् । 'नेपालमा भएका कला कार्यक्रमहरुको आ–आफ्नै ग्रुपहरु छन् । चित्र, मूर्तिकला, प्रिन्ट कला, वाटर, एक्रेलिक जस्ता थुप्रै समूहहरु छुट्टाछुट्टै काम गरिरहेका छन्,'अनिताले भनिन्,'हाम्रोमा सबै धारलाई एकै ठाउँमा देख्न सक्नुहुन्छ । कला र कलाकार सबै ठाउँमा काम गर्न पाउनुपर्छ भन्ने हाम्रो उद्देश्य हो ।'

कलाशालामा सिर्जनाको आम्दानीको ५० प्रतिशत रकम 'सफलता एच.आई.भी. शिक्षा सदन'लाई प्रदान गरिनेछ । कार्यशालामा चित्र, मूर्ति, प्रिन्ट मेकिङ, डिजिटल आर्ट लगायतका विविध विधा समावेश हुने बताइएको छ ।

प्रकाशित : चैत्र १, २०८० १४:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?