कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ऐन नबन्दा चलचित्र क्षेत्र अघि बढ्न सकेन : भुवन केसी

कान्तिपुर संवाददाता

काठमाडौँ — चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र ऐन नबनेका कारण चलचित्र क्षेत्र अघि बढ्न नसकेको बताएका छन् । आइतबारदेखि मकवानपुरमा सुरु भएको प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशालामा उनले चलचित्र ऐन नबनेका कारण आशातीतरुपमा चलचित्र क्षेत्रको विकास हुन नसकेको बताए । 

ऐन नबन्दा चलचित्र क्षेत्र अघि बढ्न सकेन : भुवन केसी

अहिले विकास बोर्डले विभिन्न समस्या केलाएर चलचित्र ऐनको अन्तिम ड्राफ्ट तयार पारेको उनले जानकारी दिए । उनले पहिला पनि मन्त्रालयमा ऐन पठाइएकोमा चलचित्रको स्वायत्तताको विषयमा काटिएर आएका कारण पुनः पठाउने तयारी गरेको बताए । उनले नयाँ ड्राफ्टमा स्वायत्तताको मागलाई प्राथमिकतामा राखिएको जिकिर गरे ।

‘चलचित्र विकास बोर्डमा म गएको दिनदेखि मैले महसुस गरेको कुरा के हो भने चलचित्र क्षेत्र धेरै अगाडि बढिसक्नुपर्ने थियो । त्यो अहिलेसम्म अगाडि बढ्न नसक्नुको जड कारण चलचित्र ऐन नहुनु हो,' उनले भने, 'किनभने त्यो ऐनभित्र विभिन्न समस्याहरुको समाधान खोजिएको छ । यसपालि हामीले चलचित्र ऐन, मन्त्रालयमा अन्तिम ड्राफ्ट तयार पारेर पठाएका छौँ । पहिला पठाएको ड्राफ्टमा चलचित्रको स्वायत्तताको विषयमा काटिएर आएको रहेछ । चलचित्र विकास बोर्ड स्वायत्त हुँदैन भने त्यसले धेरै काम गर्न सक्दैन भनेर हामीले विभिन्न निकायहरुले स्वायत्तताको मागलाई प्राथमिकतामा राखेर नयाँ ड्राफ्ट तयार पारेका छौँ।'

अध्यक्ष केसीले चलचित्र विकास बोर्डलाई दिइएका अधिकार प्रयोग गरेर राम्रो कामहरु अघि बढाइरहेको बताए ।

प्रकाशित : फाल्गुन ६, २०८० १९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?