कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजधानीमा प्रादेशिक कला प्रदर्शनी सुरु, पर्यटनमन्त्री तामाङद्वारा उद्घाटन

काठमाडौँ — काठमाडौँमा आजदेखि ‘वाग्मती प्रादेशिक ललितकला प्रदर्शनी-२०८०’ सुरु भएको छ । प्रदर्शनी उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले यस कार्यक्रममार्फत वाग्मती प्रदेशका कलालाई नजिकबाट चिन्ने अवसर पाएको बताए । यो प्रदेशस्तरीय प्रदर्शनीको अन्तिम कायर्यक्रम हो । यसअघि छ प्रदेशमा प्रादेशिक प्रदर्शनी सम्पन्न भइसकेको छ । 

राजधानीमा प्रादेशिक कला प्रदर्शनी सुरु, पर्यटनमन्त्री तामाङद्वारा उद्घाटन

उनले वाग्मती प्रदेश कला, संस्कृतिसँगै भौगोलिकरूपमा पनि विविधतायुक्त भएको बताउँदै यसको संरक्षण तथा प्रवर्द्धनमा यस्ता प्रदर्शनीले महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राखे । मन्त्री तामाङले पुराना कलाकारबाट प्रेरणा, नयाँले सिर्जना र यी दुवैको संयोजनबाट देशको अर्थतन्त्रमा योगदान पुर्‍याउन सहयोग गर्ने जिकिर गरे । उनले ललितकलाको प्रदेश प्रतिष्ठान स्थापनका लागि आफूले पहल गर्ने पनि बताए ।

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कलाको विकास, प्रवर्द्धनमा ललितकलाको ठूलो भूमिका भएको बताए । उनले छायामा परेका कलालाई प्राथमिकता दिनुपर्ने बताउँदै प्रदेशमा तथा पालिकाले प्रतिष्ठानसँगको सहकार्यमा काम गरिरहेको र यसले सकारात्मक परिणाम दिएको धारणा राखे ।

प्रतिष्ठानका उपकुलपति एवम् वागमती प्रदेश कला प्रदर्शनी समन्वय समिति संयोजक लालकाजी लामाले प्रदर्शनीमा युवा पुस्ताको सहभागिता उत्साहजनक भएको बताउँदै यसले ललितकलाको क्षेत्रमा नयाँ बाटो कोर्ने धारणा राखे ।

प्रदर्शनीमा समसामयिक चित्रकला/मूर्तिकला, परम्परागत चित्रकला/मूर्तिकला, लोककला, हस्तकला, वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कलालगायतका विविध विधाअन्तर्गतका २१० कलाकारका २४१ कलाकृति राखिएको छ । प्रदर्शनी चैत १६ गतेसम्म चल्ने छ ।

प्रकाशित : चैत्र १२, २०८० २१:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?