लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदी भारतीय सेना प्रमुख बन्दै

काठमाडौँ — भारतीय सेनाका लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदी भारतीय सेना प्रमुख बन्ने भएका छन् । हाल भारतीय सेनाका उपप्रमुख रहेका द्विवेदीलाई आगामी जुन ३० देखि जिम्मेवारी सम्हाल्ने गरी भारत सरकारले सेना प्रमुखमा नियुक्त गरेको हो ।  वर्तमान सेना प्रमुख जनरल मनोज पाण्डेले यही जुन ३० मा अवकाश लिँदैछन् । 

लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदी भारतीय सेना प्रमुख बन्दै

गत महिना भारत सरकारले जनरल पाण्डेको पदावधि एक महिना बढाएको थियो । मे ३१ मा अवकाश पाउँदै गरेका पाण्डेको कार्यकाल १ महिना ६ दिन बढाइएको थियो ।

भारतीय रक्षा मन्त्रालयका अनुसार सन् १९६४ मा जन्मिएका उपेन्द्र द्विवेदी सन् १९८४ मा सैनिक सेवा प्रवेश गरेका थिए । उनले सुरुमा भारतीय सेनाको इन्फ्यान्ट्री जम्मू एन्ड कश्मीर राइफल्समा सेवा गरेका थिए । ४० वर्ष सेवाकालमा द्विवेदीले विभिन्न कमान्ड, स्टाफ, प्रशिक्षणलगायतका कार्यक्षेत्रमा अनुभव बटुलेका छन् ।

सेना उपप्रमुखमा नियुक्त हुनुभन्दा पहिले द्विवेदीले उत्तरी कमान्ड मुख्यालयको समेत नेतृत्व गरिसकेका छन् । द्विवेदी पछिल्लो समय चीनसँग देखिएको सीमा विवाद समाधानका लागि सक्रिय भूमिका निर्वाह गर्ने उच्च सैनिक अधिकारी भएको पनि भारतीय सञ्चारमाध्यले जनाएका छन् ।

त्यस्तै भारतीय सेनालाई आधुनिकीकरणमा पनि उनको उच्च भूमिका रहेको छ । द्विवेदीले प्रतिरक्षा तथा व्यवस्थापनमा एमफिल र रणनीतिक अध्ययन तथा सैनिक विज्ञानमा स्नातकोत्तर गरेका छन् । साथै विश्वका विभिन्न प्रतिष्ठित सैनिक कलेजहरूमा समेत उनले अध्ययन र प्रशिक्षण लिएका छन् ।

भारतीय सेनाका प्रमुख नेपाली सेनामा मानार्थ प्रधानसेनापति समेत हुन्छन् । नेपाली सेना र भारतीय सेनाबीच आपसी सौहार्द सम्बन्धअनुर"प दुवै देशका सेना प्रमुखलाई कदरस्वर"प सन् १९५० देखि मानार्थ महारथी दिने ऐतिहासिक प्रचलन रही आएको छ ।

प्रकाशित : जेष्ठ ३०, २०८१ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

८ देशका लागि सिफारिस भएका राजदूतको नाम कस्तो लाग्यो ?

x