कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

दिल्लीमा नेपाल चर्चा 

दिल्ली — नेपाल र भारतबीचको सदियौं पूरानो सम्बन्धबारे दिल्लीमा चर्चा भएको छ । राजनीतिज्ञ, कुटनीतिज्ञ र पत्रकारिता क्षेत्रका दिग्गजहरुले दुई देशबीचको कसिलो सम्बन्ध विश्वका  लागि उदाहरणीय रहेको बताएका छन् । 

दिल्लीमा नेपाल चर्चा 

नेपालमा भारतका लागि पूर्व राजदूत केभी राजन र अतुल ठाकुरले संयुक्त रुपमा लेखेको पुस्तक ‘काठमाडुं क्रोनिकल’ को विमोचन समारोहमा नेपाल–भारतको सम्बन्धमाथि चर्चा भएको हो ।

भारतीय जनता पार्टीका पूराना तथा वरिष्ठ नेता मुरली मनोहर जोशीले भारतको राजनीतिमा कम प्राथमिकता तथा मिडियामा समेत पछाडि पारिँदै आएको नेपालसँगको सम्बन्धबारे चर्चा आवश्यक रहेकोमा जोड दिए । उनले दुई देशबीचको सम्बन्ध विश्वको धेरै इतिहासहरुभन्दा पूरानो रहेको दाबी गरे ।

दुई राष्ट्रको सिद्धान्तभन्दा अलग सामाजिक, सांस्कृतिक र धार्मिक कोणबाट हेर्दा सम्बन्ध अतुलनीय रहेको चर्चा गरे । उनले हजारौँ वर्ष पूरानो सम्बन्धबारे सबैले जानकारी राख्नुपर्नेमा जोड दिए। संस्कृतिले सधैंभरि दुई देशलाई जोड्दै आएपनि राजनीतिले अलग गर्दै आएको उनले बताए ।

पूर्व राजदूत राजनले नेपालमा रहँदाको आफ्नो अनुभव सुनाउँदै दुई देशबीच अद्वितीय सम्बन्ध रहेको बताए । कार्यक्रममा नेपालका उद्योगपति तथा सांसद विनोद चौधरी, पुस्तक लेखक अतुल ठाकुर लगायतले सम्बन्धको नयाँ आयामहरु बारे चर्चा गरे ।

प्रकाशित : जेष्ठ २, २०८१ १६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×