कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घरमा करोडौं रुपैयाँ लुकाएका उत्तर प्रदेशका अत्तर व्यवसायी जैन पक्राउ

काठमाडौँ — भारतको उत्तर प्रदेशका अत्तर व्यवसायी पीयुष जैनलाई कर छलीको आरोपमा पक्राउ गरिएको छ ।  केही दिनअघि कन्नौजस्थित उनको निवासमा केन्द्रीय जाँच एजेन्सीले छापामा मारेको थियो ।

घरमा करोडौं रुपैयाँ लुकाएका उत्तर प्रदेशका अत्तर व्यवसायी जैन पक्राउ

जीएसटी इन्टेलिजेन्स महानिर्देशनालयका अनुसार उनको घरबाट १ अर्ब ८७ करोड भारतीय रुपैयाँ बरामद गरिएको थियो । यसअघि शनिबारसम्म १ अर्ब ७७ करोड रुपैयाँ बरामद भएको जानकारी दिइएको थियो । थप १० करोड आइतबार भेटिएको हो । शुक्रबार, शनिबार र आइतबार मारिएको छापामा उक्त परिमाणमा नगदसहित चन्दनको तेल र अत्तरसमेत बरामद गरिएको छ । थप कारबाहीका लागि जैनलाई अहमदाबाद लगिने जानकारी दिइएको छ ।

जैन र उनका अन्य दुई जना व्यापारिक साझेदारका ११ ठाउँमा छापा मारिएको थियो । विभिन्न कम्पनीमार्फत ३ करोड ९ लाख कर छली भएको खुलेको अनुसन्धानमा खटिएका अधिकारीहरूले जनाएका छन् । जैनले विभिन्न बैंकबाट ऋण लिएको विदेशमा समेत ठूलो लगानी गरेको प्रमाण पनि भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कन्नौजको छपट्टीका स्थायी बासिन्दा जैनको प्रमुख व्यवसाय अत्तर उत्पादन नै हो । उनले त्रिमूर्ति फ्र्यागनेन्स प्राइभेट लिमिटेडमार्फत शिखर पान मसला पनि उत्पादन गर्दै आएका छन् ।

पश्चिम एसियामा २ सहित उनका करिब ४० कम्पनी रहेका छन् । कर छल्नकै लागी उनले नक्कली कम्पनी खडा गरेको र ती कम्पनीका नाममा बीजक जारी गरेको पनि भेटिएको छ ।

जैन समाजवादी पार्टीका अध्यक्ष तथा उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री अखिलेश यादवनिकट व्यवसायी मानिन्छन् ।

सम्बन्धित समाचार

प्रकाशित : पुस १२, २०७८ १२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?