कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चीनमा अहिलेसम्म करिब ३१ करोड डोज कोरोना खोप लगाइयो

रासस/सिन्ह्‍वा

बेइजिङ — चीनमा शुक्रबारसम्म ३० करोड ८० लाखभन्दा डोजभन्दा कोभिड–१९ विरूद्धको खोप लिइसकेका त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।

चीनमा अहिलेसम्म करिब ३१ करोड डोज कोरोना खोप लगाइयो

चीनको यो तथ्यांक कोभिड–१९ बाट विश्वव्यापीरूपमा संक्रमित हुनेको संख्या १५ करोड ७२ लाखभन्दा बढी पुगेको र एसियामा यसको प्रभाव उच्च रहेका समय आएको हो ।

चीनले शरीरको प्रतिरक्षा प्रणालीलाई विकास गर्न स्वदेशमा नै निर्माण गरिएको खोपलाई धेरैभन्दा धेरै नागरिकसमक्ष पुर्‍याउने अभियानलाई तीव्र पारिरहेको छ । बुधबार समाप्त भएको श्रमिक दिवसका अवसरको पाँच–दिने छुट्टीको समयमा, सरकारले कार्यतालिकालाई तीव्रता दिँदै खोपहरू लगाइँदै आएको छ ।

शुक्रबार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले आपत्कालीन प्रयोगका लागि चीनमा निर्मित एक खोपलाई अनुमति दिएको छ । चिनियाँ खोप नागरिकको सुरक्षा, प्रभावकारिता र गुणस्तरको लागि डब्लुएचओको प्रमाणीकरण सूचीमा पर्ने विश्वको छैटौँ खोप बनेको छ ।

'महामारी नियन्त्रणका लागि खोप एक आशाको किरण भए पनि स्वास्थ्य सावधानीलाई अपनायनु नै सङ्कटमा स्वास्थ्य सुरक्षाका लागि उत्तम उपाय भएको,' महामारी नियन्त्रण तथा रोकथामका लागि चिनियाँ केन्द्रका प्रमुख महामारी विज्ञ वु जुनयूले बताए ।

विश्वव्यापी रोग प्रतिरोधात्मक अवरोध छोटो अवधिमा हासिल गर्न नसकिने भएकोले धेरै देश र क्षेत्रहरूमा खोपको दर अपेक्षाकृत कम रहेको केन्द्रले हालसालै जारी गरेको एक जानकारीमा बताइएको छ । केन्द्रले खोपको साथै रोगबाट जोगिन आत्म–सुरक्षाका उपायहरू अझै महत्वपूर्ण रहेको कुरा उल्लेख गरेको छ ।

*यसअघि करिब ३१ करोड डोज खोप हुनुपर्नेमा ३१ करोड नागरिकले लगाएको हुन गएकोमा सच्याइएको छ ।

प्रकाशित : वैशाख २६, २०७८ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?