कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

भारतीय प्रहरीद्वारा जलवायु अभियन्ता दिशा रवि पक्राउ

रोयटर्स, एजेन्सी

नयाँदिल्ली — भारतीय प्रहरीले बेंगालुरुकी २२ वर्षीया जलवायु अभियन्ता दिशा रविलाई पक्राउ गरेको छ । १७ वर्षीया स्वीडिस जलवायु अभियन्ता ग्रेटा थनवर्गले ट्विट गरेका कागजपत्र सम्पादन र वितरण गरेको आरोपमा दिशालाई पक्रेको हो ।

भारतीय प्रहरीद्वारा जलवायु अभियन्ता दिशा रवि पक्राउ

भारत सरकारले पाँच महिनाअघि ल्याएका तीनवटा कृषि विधेयक फिर्ता लिनुपर्ने माग राख्दै किसानहरुले गत डिसेम्बरदेखि जारी राखेको आन्दोलनको सेरोफेरोमा यही महिना थनवर्गले किसानहरुका समस्या समाधान गर्न सहज हुने र सचेतना फैलाउने भन्दै ‘टुलकिट’सहितको डकुमेन्ट ट्विट गरेकी थिइन् ।

प्रहरी स्रोतका अनुसार रविले थनबर्गको 'फ्राइडे फर फ्युचर' अभियानको भारतीय मोर्चा सम्हाल्दै आएकी छन् । आइतबार पक्राउ गरी दिल्ली हिरासतमा लिइएकी उनलाई सुनुवाइअघिसम्म पाँच दिन हिरासतमै राखिने भएको छ ।

महिनाको सुरुवातमै थनबर्गको टुलकिटले सरकारका विरुद्ध सांस्कृतिक द्वन्द्व निम्त्याउने र भारतीय समाजमा फाटो ल्याउने बताइएको थियो ।

प्रहरीले भने रविको मुद्दामा थनबर्गको मुद्दालाई जोडेको छैन ।

भारतीय विदेश मन्त्रालयले भारतीय किसान आन्दोलनलाई समर्थन गर्दै अन्तर्राष्ट्रिय स्तरबाटै सेलेब्रिटीहरुबाट सामाजिक सञ्जालमा अभिव्यक्ति आउन थालेपछि ‘यस्ता मुद्दामा विशेष गरी सेलेब्रिटीहरुले सामााजिक सञ्जालमा ह्यासट्याग वा टिप्पणी गर्न उद्यत हुनु गलत र गैरजिम्मेवारी हो,’ भन्दै विज्ञप्ति समेत निकालेकाे थियो ।

भारत सरकारले गत सेप्टेम्बरमा ल्याएका तीनवटा कृषि विधेयकको विरोधमा पाँच महिनादेखि विशेष गरी पन्जाब, हरियाणा, उत्तरप्रदेश, राजस्थान, महाराष्ट्र, पश्चिम बंगाल राज्यका किसान आन्दोलरत छन् । आन्दोलनलाई भारतभरका चालीसभन्दा बढी किसान संगठनको समर्थन छ । किसानहरुले दुई महिनायता दिल्लीका नाकाहरु गाजीपुर, सिंघु, टिक्रीलगायतमा धर्ना दिइरहेका छन् ।

प्रकाशित : फाल्गुन ३, २०७७ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?