कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ट्रम्प समर्थकले भड्काएको हिंसामा मृत्यु हुनेको संख्या ४ पुग्यो

वासिङ्टनमा १५ दिन संकटकाल
एजेन्सी

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकको हिंसात्मक प्रदर्शनमा मृत्यु हुनेको संख्या ४ पुगेको छ । वासिङ्टन डीसी महानगरीय प्रहरीका अनुसार हिंसात्मक प्रदर्शनमा प्रहरीको गोली लागी एक जनाको मृत्यु भएको हो ।

ट्रम्प समर्थकले भड्काएको हिंसामा मृत्यु हुनेको संख्या ४ पुग्यो

बाँकी ३ जनाको मेडिकल इमरेजन्सीका कारण मृत्यु भएको डीसी महानगरीय प्रहरी प्रमुख रोबर्ट कोन्टीले बताएका छन् ।

प्रहरीका अनुसार अहिलेसम्म ५२ जनालाई नियन्त्रणमा लिइएको छ । तीमध्ये ४७ जनालाई कर्फ्यु उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको हो ।

वासिङ्टनमा १५ दिन संकटकाल

ट्रम्प समर्थकले गत नोभेम्बरमा भएको चुनाव रद्दको माग गर्दै सुरु गरेको प्रदर्शन हिंसात्मक झडपमा परिणत भएपछि वासिङ्टनमा १५ दिन संकटकाल लगाइएको छ । जनवरी २० जो बाइडेनले राष्ट्रपतिका रुपमा शपथ ग्रहण गर्दैछन् । त्यसको एक दिन पछिसम्म संकटकाल लगाइएको हो । त्यहाँको पछिल्लो अवस्थाबारे वासिङ्टनकी मेयर म्युरियल बोउसरले भनिन्, ‘धेरै मानिस हतियारसहित बाहिर निस्किएका छन् । उनीहरुले हिंसा भड्काउनुका साथै तोडफोड गरिरहेका छन् । उनीहरुले रसायन फ्याँकिरहेका छन्, इँटा, बोतल हान्ने र बन्दुक बोकेर प्रदर्शन गरिरहेका छन् । उनीहरुको हिंसात्मक क्रियाकलाप अहिले पनि जारी छ ।’

यतिबेला अमेरिकी संसद्‍मा बाइडेनको जितलाई प्रमाणित गर्ने काम भइरहेको छ । सदनमा इलेक्टोरल भोटको गन्ती भइरहँदा एक्कासि क्यापिटल हिल्समा भीडले आक्रमण गरेको थियो । बीचमा रोकिएको मतगणना अहिले भने जारी रहेको छ । अहिलेसम्म बाइडेनको पक्षमा आएको २४४ इलेक्टोरल भोट गन्ती भएको छ भने ट्रम्पको पक्षमा १५७ भोट । गत नोभेम्बरमा भएको चुनावमा डेमोक्रेटिक उम्मेदवार बाइडेनले ३०६ इलेक्टोरल भोट ल्याएर राष्ट्रपतिमा निर्वाचित भएका थिए । वर्तमान राष्ट्रपति तथा रिपब्लिकन उम्मेदवार ट्रम्पले २३२ इलेक्टोरल भोट मात्रै प्राप्त गरेका थिए ।

यसैबीच पेन्सिलभेनियामा बाइडेनको जितलाई लिएर देखिएको असन्तुष्टि अमेरिकी सिनेटले खारेज गरिदिएको छ । पेन्सिलभेनियामा बाइडेनको जितमा असन्तुष्टि जनाइएकोमा सिनेटले ९२–७ को बहुमतले त्यसलाई खारेज गरिदिएको हो । सिनेट नेता मिच म्याककोनेलले यस मुद्दामा बहस नै बन्द गरिदिएका हुन् ।

सम्बन्धित समाचार

अमेरिकी राष्ट्रपति ट्रम्पका समर्थकले मच्चाए हिंसा, वासिङ्टनमा कर्फ्यु

के कार्यकाल सकिनुअघि नै ट्रम्पलाई ह्वाइटहाउसबाट हटाउन सकिन्छ ?

प्रकाशित : पुस २३, २०७७ १२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?