कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

अध्यक्ष ओलीप्रति कांग्रेसले लगाएको आरोपको क्षमा नमागे राजनीतिक प्रतिवादमा उत्रिन्छौं :  एमाले उपाध्यक्ष पौडेल

काठमाडौँ — एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति नेपाली कांग्रेसले लगाएको आरोपको लिखित र सार्वजनिक माफी नमागे आरोपहरु सुनेर नबस्ने चेतावनी दिएका छन् ।

अध्यक्ष ओलीप्रति कांग्रेसले लगाएको आरोपको क्षमा नमागे राजनीतिक प्रतिवादमा उत्रिन्छौं :  एमाले उपाध्यक्ष पौडेल

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सहकारी प्रकरणबारे संसदीय छानबिन समिति बनाउन निस्कर्षमा पुग्ने भनिएको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

कांग्रेसले नेकपा एमाले र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकाविरुद्धमा टार्गेट गरेर अराजनीतिक र पूर्वाग्रही आरोप लगाइरहेको बताए ।

‘नेपाली कांग्रेस कुनै सहमतिको पक्षमा, समस्या समाधानको पक्षमा छैन भन्नेकुरा पछिल्ला दिनका घटनाक्रमहरुले, पछिल्ला दिनका उसका अभिव्यक्तिले संकेत गरिरहेको छ । विशेष गरी एउटा असान्दर्भिक, अनुचित, आधारहिन, पूर्वाग्रहपूर्ण आरोपहरु लगाउादै राष्ट्रिय राजनीतिक परिस्थितिलाई बिथोल्ने काममा नेपाली कांग्रेस लागेको छ पछिल्ला दिनमा नेकपा एमालेका बिरुद्ध, विशेष गरी हाम्रो पार्टीका श्रद्धेय अध्यक्षका बिरुद्ध प्रायोजित, पूर्वाग्रही, तथ्यहीन, गलत, भ्रामक, प्रतिशोधपूर्ण, आधारहिन लाञ्छनाहरुको प्रचार गरिरहेका छन्' उपाध्यक्ष पौडेलले भने,' सबैभन्दा पहिला नेपाली कांग्रेसलाई आधारहिन, अराजनीतिक लाञ्छनाबाट पछि हट्न आग्रह गन चाहन्छु । नेपाली कांग्रेस यदि यस प्रकारका आफ्ना अभिव्यक्तिहरुबाटपछि हट्दैन भने नेकपा एमाले यस्ता अभिव्यक्तिका विरुद्धमा राजनीतिक रुपमा प्रतिवादमा उत्रिन्छ ।'

उनले सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन कांग्रेस तयार नरहेको आरोप लगाए । असान्दर्भिक, अनुचित, आधारहीन, पूर्वाग्रहपूर्ण आरोपहरु लगाउँदै राष्ट्रिय राजनीतिक परिस्थितिलाई बिथोल्ने काममा नेपाली कांग्रेस लागेको उनले उल्लेख गरे ।

'उठेको जुन विषय छ, त्यसका बारेमा सार्थक र एउटा संवादबाट सहमतिमा पुगौं भन्ने कोशिस छ, कांग्रेस कोशिस बिथोल्ने काममा उद्दत छ । हाम्रो स्पष्ट भनाइ के छ भने कांग्रेसले नेकपा एमाले र नेकपा एमालेका श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीकाविरुद्धमा टार्गेट गरेर जुन प्रकारका अराजनीतिक र पूर्वाग्रही आरोप लगाइरहेको छ, कांग्रेसले यो आरोपका प्रति लिखित रुपमा क्षमायाचना गर्नुपर्दछ । सार्वजनिक रुपमा माफी माग्नुपर्छ' उपाध्यक्ष पौडेलले भने,' अन्यथा कांग्रेससँगको हाम्रो सम्बन्ध ठिक ढंगले अघि बढ्न सक्दैन । कांग्रेसले बुझोस्, नेकपा एमाले यस प्रकारका अराजनीतिक र प्रतिशोधपूर्ण आरोपहरु सुनेर बसिरहने पक्षमा छैन ।’

प्रकाशित : जेष्ठ १४, २०८१ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×