कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुनर्निर्माणकाे काम हस्तान्तरण, सीईओ ज्ञवाली भन्छन् - ‘एकीकृत बस्तीको मोडल स्थापित गर्‍यौं’

काठमाडौँ — राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बुधबारबाट आफ्नो काम हस्तान्तरण प्रक्रिया सुरु गरेको छ । २०७२ सालको भूकम्पमा भत्किएका घर, सांस्कृतिक एवं पुरातात्विक सम्पदा, स्वास्थ्यचौकी, विद्यालय लगायतको निर्माणका लागि २०७२ पुस ९ गते प्राधिकरण स्थापना भएको थियो । ५ वर्षे कार्यकाल तोकिएको यसको म्याद १ वर्ष थपिएको थियो ।

पुनर्निर्माणकाे काम हस्तान्तरण, सीईओ ज्ञवाली भन्छन् - ‘एकीकृत बस्तीको मोडल स्थापित गर्‍यौं’

थपिएको १ वर्षको समयसीमा आगामी पुस ९ गते सकिँदैछ । तर, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आफ्नो कामको हस्तान्तरणको चार महिनाअघि नै सुरु गरेको हो । प्राधिकरणको मूलभूत काम सकिएको प्राधिकरणको भनाइ छ । आगामी पुस ९ गतेसम्मको अवधिमा कामको जिम्मेवारी पाएका निकायलाई काममा सहजीकरण गर्नका लागि अहिलेदेखि नै हस्तान्तरणको काम थालिएको प्राधिकरणका अधिकारीले बताएका छन् । अब यो अवधिमा प्राधिकरणले प्रशासनिक र अर्थसम्बन्धी काममात्रै गर्ने भएको छ । यसका अलावा धरहरा, रानीपोखरी र सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयको पुनर्निर्माणको बाँकी काम मात्रै हेर्नेछ । त्यस्तै, मंसिरमा पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन पनि हुने भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेका काम, आगामी दिनमा पुनर्निर्माणको काम कसरी अगाडि बढ्छ र भविष्यमा यस्ता संरचनाको आवश्यकताबारे दुई पटक प्राधिकरणको नेतृत्व गरेका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसँग जयसिंह महराले गरेको कुराकानीको पूरा अंश पढ्न र हेर्न : पुनर्निर्माणकाे काम हस्तान्तरण, सीईओ ज्ञवाली भन्छन् - ‘एकीकृत बस्तीको मोडल स्थापित गर्‍यौं’

प्रकाशित : भाद्र ३१, २०७८ १२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?