२५ वर्षपछि फेरिँदै गोपीकृष्णको स्वरूप- भिडियो - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२५ वर्षपछि फेरिँदै गोपीकृष्णको स्वरूप

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १९९६ ताका अजय देवगणको ‘जान’ प्रदर्शन भइरहेको थियो । ‘जान ओ मेरी जान’ बोलको गीत बज्न थालेसँगै दर्शक कुर्सीमाथि चढेर नाच्न थाले । नाच्दाचान्दै पर्दातिर सिक्का फाल्न थाले । एकै छिनमा पदावरपर सिक्का छरपस्ट भए ।

गोपीकृष्ण हलको यो दृश्य अहिले पनि सम्झिरहन्छिन् निकिता पौडेल । ‘त्यति बेला दिनको चार ट्रक कोक झर्थ्यो हलमा । दुईवटा हलमा दिनको लगभग पाँच हजार दर्शक आउँथे,’ उनले सुनाइन् । गोपीकृष्ण हल खुल्दा निकिता ग्यालेक्सी स्कुलमा कक्षा ७ मा पढ्थिन् । हलको उद्घाटनमा उनको समूहले गीत पनि प्रस्तुत गरेको रहेछ ।

पूरा पढ्नका लागि : २५ वर्षपछि फेरिँदै गोपीकृष्णको स्वरूप

प्रकाशित : माघ ३०, २०७७ १९:३२
प्रतिक्रिया
पठाउनुहोस्

छोराद्वारा बाबुको हत्या

नगेन्द्र अधिकारी

काभ्रे — पाँचखाल–७ होक्सेमा एक युवाले आफ्नै बाबुको हत्या गरेका छन् ।

कोदालोको बिड प्रहार गरेर ३८ वर्षीय राजु गौतमले ५५ वर्षीय बाबु बलरामको हत्या गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएसपी कुमारविक्रम थापाले जानकारी दिए । के विषयमा विवाद भएर घटना भएको भन्ने अनुसन्धान थालिएको थापाले बताए ।

स्थानीयका अनुसार बाबु र छोराबिच यसअघि पनि झगडा हुँदै आएको थियो । यसअघि पनि विवाद हुँदा छोराले बाबुलाई प्रेसर कुकर प्रहार गरेर घाइते बनाएका थिए ।

प्रकाशित : माघ ३०, २०७७ १९:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×