कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रचण्ड–माधव ‘केमिस्ट्री’ टिक्ला ?

झाँगिँदै गएको प्रचण्ड–माधव मैत्री कतिन्जेल सुमधुर रहला ? कतै यो राजनीतिक आग्रह र स्वार्थहरूको मिलन त होइन ? यो कति कृत्रिम र कति प्राकृतिक हो ?
राजाराम गौतम

नेकपा (प्रचण्ड–माधव) समूहका अध्यक्षद्वयबीच अहिले घनघोर मित्रता देखिएको छ । यी दुई नेता मैत्रीपूर्ण आलिङ्गनमा यसरी बाँधिएका छन्, मानौं सम्बन्ध अटुट हुनेछ । सार्वजनिक मञ्चहरूमै यी दुई नेता एकअर्काको खुलेर प्रशंसा गर्छन्, सामूहिक नेतृत्वको भावना देखाउन पछि पर्दैनन् ।

प्रचण्ड–माधव ‘केमिस्ट्री’ टिक्ला ?

कामचलाउ प्रधानमन्त्री ओलीले माधवलाई ‘प्रचण्डका कार्यकर्ता’ भनेर के छेडखानी गरेका थिए, बागी समूहले उनलाई आलोपालोमा पहिलो वरीयताको अध्यक्ष बनाइदियो । प्रचण्डले प्रज्ञा भवनमा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै भने पनि, ‘हामीबीच पहिलो, दोस्रो अध्यक्ष भन्ने छैन । अहिले माधव नेपाल मेरो अध्यक्ष ।’

प्रचण्ड–माधवबीचको ‘मायाप्रेम’ गाढा हुँदै गए पनि नेपाली राजनीतिमा यतिखेर घृणाको बाहुल्य छ । नेताहरूबीच ‘लभ एन्ड हेट’ को सम्बन्ध हुनु अस्वाभाविक नहोला तर अहिले चलेको छेडखानी, कटाक्ष र गालीगलौज सुन्नै नसकिने खालका छन्, पँधेरोमा हुने झगडाजस्तै । प्रधानमन्त्री ओलीका कटाक्ष, उनको प्रतिकार गर्दै प्रचण्ड–माधवहरूले फर्काएको जवाफ सुन्दा दिगमिग लाग्छ । अनि प्रश्न गर्न मन लाग्छ, के यी तिनै नेता हुन् जो चार दशकभन्दा बढी राजनीति गरिसकेको डिङ हाँक्छन् ?

राजाराम गौतमको लेख पढ्न : प्रचण्ड–माधव ‘केमिस्ट्री’ टिक्ला ?

प्रकाशित : माघ ७, २०७७ १९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?