कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

परम्परा तोडेर दिल्लीले दिएको सन्देश

ओली सरकार शक्तिशाली रहुन्जेल वार्तामा नआएको नयाँ दिल्ली प्रतिनिधिसभा विघटन, नेकपा विभाजन, ओली सरकार कामचलाउ भएपछि मात्रै यसका लागि तयार हुनु संयोग मात्रै थिएन ।

काठमाडौँ — नेपाल र भारत दुवैले नयाँ नक्सा प्रकाशित गरेपछि उत्कर्षमा पुगेको सीमा विवाद समाधान गर्ने उद्देश्यले गत बिहीबार भारत भ्रमणमा गएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सामान्य आश्वासन र औसत उपलब्धि हासिल गरी शनिबार स्वदेश फर्किएका छन् ।

परम्परा तोडेर दिल्लीले दिएको सन्देश

यद्यपि ज्ञवालीले सीमा विवाद, प्रबुद्ध व्यक्ति समूह (ईपीजी) प्रतिवेदन, कोभिड खोप, कनेक्टिभिटी, व्यापार तथा लगानीलगायत समग्र विषयमा छलफल भएको फेहरिस्त पेस गर्दै भ्रमण सफल भएको दाबी गरेका छन् । तथापि नयाँ नक्सा, सीमा विवाद र ईपीजी प्रतिवेदनबारे सामान्य छलफल भए पनि नेपाल–भारतबीच विद्यमान सबैभन्दा उच्चस्तरीय संयन्त्र संयुक्त आयोगको बैठकमा ठोस निर्णय र उल्लेखनीय सहमति नभएपछि ज्ञवालीको दाबी स्वतः खण्डित भएको छ ।

प्रतिनिधिसभा विघटनपछि नेपालतर्फको पहिलो उच्चस्तरीय भ्रमणलाई राजनीतिक र कूटनीतिक दुवै दृष्टिले उत्सुकतापूर्वक हेरिएको थियो । तर इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा शरद ऋतुको चिसो स्वागत पाएका ज्ञवालीले अन्तिम घडीसम्म विशेष प्रयास गरे पनि प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्न नपाउनुले अर्थपूर्ण राजनीतिक सन्देश प्रवाह भएको छ ।

वाग्लेको लेख पढ्न : परम्परा तोडेर दिल्लीले दिएको सन्देश

प्रकाशित : माघ ६, २०७७ १८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?