सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले संसद् विघटनसम्बन्धी प्रधानमन्त्री केपी ओलीको असंवैधानिक सिफारिस बदर गरेपछि राजनीतिक दलबीचको द्वन्द्व, संघर्ष र आरोप–प्रत्यारोप सडकबाट फागुन २३ देखि सुचारु हुने संसद्मा प्रवेश गरेको छ ।
प्रतिनिधिसभा विघटनयता प्रधानमन्त्री केपी ओलीका विवादास्पद अभिव्यक्ति र अस्वाभाविक गतिविधिका कारण नेपाली राजनीतिमा नयाँ बहस प्रारम्भ भएको छ । ओलीको असंवैधानिक कदमविरुद्ध तथा लोकतन्त्र र संविधानका पक्षमा ओली गुटको नेकपाबाहेक सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र बौद्धिक समुदाय आन्दोलनमा उत्रिएका छन् ।
नेपाल र भारत दुवैले नयाँ नक्सा प्रकाशित गरेपछि उत्कर्षमा पुगेको सीमा विवाद समाधान गर्ने उद्देश्यले गत बिहीबार भारत भ्रमणमा गएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सामान्य आश्वासन र औसत उपलब्धि हासिल गरी शनिबार स्वदेश फर्किएका छन् ।
नेपाल र भारत दुवैले नयाँ नक्सा प्रकाशित गरेपछि उत्कर्षमा पुगेको सीमा विवाद समाधान गर्ने उद्देश्यले गत बिहीबार भारत भ्रमणमा गएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सामान्य आश्वासन र औसत उपलब्धि हासिल गरी शनिबार स्वदेश फर्किएका छन् ।
२०६२/६३ को परिवर्तनविरोधी, राजावादी, हिन्दु राज्यवादी तथा संघीयताविरोधीले सडकमा शक्ति प्रदर्शन गरिरहेको घडीमा प्रधानमन्त्री केपी ओलीले अप्रत्याशित रूपमा पुस ५ गते संविधानविपरीत प्रतिनिधिसभा विघटन गरेपछि नेपाली राजनीति तरल, अस्थिर र जोखिमपूर्ण दिशातर्फ उन्मुख भएको छ ।
अन्तर्राष्ट्रिय तथा क्षेत्रीय राजनीतिक, भूराजनीतिक, सामरिक, व्यापारिक, कूटनीतिक परिदृश्य व्यापक परिवर्तन भइरहेको तथा भारतसँग सीमा विवाद चर्किरहेको घडीमा सरकारले नयाँ परराष्ट्रनीति सार्वजनिक गरेपछि गम्भीर बहस प्रारम्भ भएको छ ।
दक्षिणी छिमेकी भारतका विदेशसचिव हर्षवर्धन शृंगला नयाँ दिल्ली फर्केको अठचालीस घण्टा पनि नबित्दै उत्तरी छिमेकी चीनका रक्षामन्त्री वेई फेङ्हे मंसिर १४ गते चिनियाँ विशेष विमानमा आकस्मिक रूपमा काठमाडौं आएपछि कूटनीतिक तथा भूराजनीतिक तरंग सिर्जना भएको छ ।
सन् २०१६ को निर्वाचनमा अप्रत्याशित रूपमा डोनाल्ड ट्रम्प विजयी भएपछि तथा २०१६ मै बेलायतको जनमतसंग्रहमा युरोपेली युनियनबाट छुट्टिने पक्षमा आश्चर्यजनक परिणाम आएपछि विश्वव्यापी रूपमा सुरु भएको बहुचर्चित राजनीतिक बहसको आंशिक उत्तर अहिले स्वयं ट्रम्पको पराजयले दिएको छ ।
भारतीय सेनाका प्रधानसेनापति मनोजमुकुन्द नरवणेको बहुचर्चित नेपाल भ्रमण तथा बाह्य मामिला खुफिया निकाय रअर्का प्रमुख सामन्त गोयलको अप्रत्याशित र बहुविवादास्पद भ्रमणबाट गम्भीर कूटनीतिक तरंग सिर्जना भएको छ ।
१५अगस्टमा स्वतन्त्रता दिवस र १७ सेप्टेम्बरमा भारतीय समकक्षी नरेन्द्र मोदीको जन्मदिवसका अवसरमा प्रधानमन्त्री केपी ओलीले दिएको शुभकामना र शिष्टाचार संवादले लामो समयदेखिको संवादहीनता अन्त्य गरे पनि नेपाल–भारतबीच बहुप्रतीक्षित वार्ता हुन नसकेपछि नयाँ बहस सुरु भएको छ ।