पुँजीवादका विकृति–विसंगति नियन्त्रण तथा आर्थिक असमानता न्यूनीकरण गरी सामाजिक न्यायसहितको समतामूलक समाज स्थापना गर्नु लोकतान्त्रिक समाजवादको उद्देश्य हो । तर आर्थिक वृद्धि नगरी आर्थिक विकास, आर्थिक समानता र सामाजिक न्यायको सम्भावना न्यून भएकाले लोकतान्त्रिक समाजवादको आलोचना हुँदै आएको छ ।
जनताको बलिदानीपूर्ण संघर्ष तथा ऐतिहासिक जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार र समावेशी प्रणालीको रूपमा विकसित गर्दै समुन्नत र समन्यायिक समाज स्थापना आजको आवश्यकता हो ।
नेपालमा संकट सिर्जना भएको बलियो वा शक्तिशाली प्रधानमन्त्री वा नेता नभएर होइन, बलियो र प्रभावकारी संस्था नभएको कारणले हो ।
ओर्बानको उत्थान र पतनको वस्तुनिष्ठ विश्लेषण गर्दा ‘पपुलिजम’को लहर र आयु अल्पकालीन भएको तथा म्यागरको विजयले लोकतन्त्र र उदारवादको विकल्प नभएको वास्तविकता पुनर्पुष्टि भएको छ ।
कांग्रेसलाई कन्जरभेटिभ होइन, थप लोकतान्त्रिक, उदार र प्रगतिशील पार्टीका रूपमा रूपान्तरण गरिनुपर्छ । यदि कन्जरभेटिभ धारतर्फ उन्मुख भयो भने थप असान्दर्भिक हुनेछ ।
रास्वपाले भ्रष्टाचार नियन्त्रण, सुशासन, सेवा प्रवाह, आर्थिक विकासजस्ता एजेन्डा लिएर जनतासँग गयो। जनताले उसैले कल्पना गरेभन्दा पनि धेरै मत दिए । यसबाट अब नेपालमा नीति र एजेन्डाको राजनीति प्रारम्भ भएको प्रतीत हुन्छ।
विगत लामो समयदेखि कठोर राजनीतिक संघर्ष गरी हरेक राजनीतिक अग्निपरीक्षामा सफल हुँदै आएका थापामाथि नियतिले अहिले अर्को कठिन अग्निपरीक्षा लिइरहेको छ।
ज्वलन्त राजनीतिक एजेन्डाहरूमा पार्टीहरूको दृष्टिकोण के हो ? यसबारेमा स्पष्ट दृष्टिकोण र समाधानको ठोस मार्गचित्र पार्टीहरूले घोषणापत्रमा उल्लेख गर्नु आवश्यक छ । यदि यस्ता एजेन्डामा स्पष्ट दृष्टिकोण आएन भने घोषणापत्र अपूर्ण हुनेछन्
यदि कांग्रेसजनहरू दास र जिउँदो लास होइनन् भने लोकतन्त्र र कांग्रेसको भविष्यका लागि अहिले गगन–विश्वलाई साथ दिनु अपरिहार्य छ ।
ओलीको अहंकार र देउवाको अकर्मण्यताका कारणले हिजो जेन–जी विद्रोह भएको थियो । आज पनि उनीहरूकै सत्तामुखी प्रवृत्तिका कारणले अर्को दुर्घटना निम्त्याइरहेका छन् । वास्तवमा संविधानविपरीत पटकपटक प्रतिनिधिसभा विघटन गरेका ओलीसँग पुनःस्थापनाको माग गर्ने नैतिक अधिकारसमेत छैन ।