सालक विज्ञ सुवाललाई प्रतिष्ठित ह्विट्ली अवार्ड

कान्तिपुर संवाददाता

काठमाडौँ — सालक प्रजातिमा विद्यावारिधी गर्ने नेपालकाे पहिलो अनुसन्धानकर्ता तुल्सी लक्ष्मी सुवालले यस वर्षको प्रतिष्ठित ह्विट्ली अवार्ड पाएकी छन् । बुधबार लन्डनमा आयोजित एक कार्यक्रममा सुवाललाई ४० हजार पाउन्डको ह्विट्ली फन्ड फर नेचर(डब्लूएफएन)अवार्ड प्रदान गरिएको हो ।

बेलायती राजकुमारी एनले सुवाललाई उक्त अवार्ड प्रदान गरिन् । एन बेलायतका राजा चार्ल्स तृतीयका एकमात्र बहिनी हुन् । सुवालसहित मेक्सिको, मदागास्कर, क्यामरुन, काजखस्तान र केन्याका एक/एकजना संरक्षणकर्मीले पनि यो अवार्ड पाए । यस्तै,पूर्व अवार्ड विजेतामाध्येबाट छानिने ह्विट्ली गोल्ड अवार्ड सिभालली भल्लाले पाइन् । उनले एक लाख पाउन्ड प्राप्त गरिन् ।

नेपालमा कालो र तामे गरेर दुई प्रकारका सालक पाइन्छन् । चाइनिज सालक भनेर चिनिने कालो सालक अति संकटापन्न सूचीमा छ । सुवालले कालो सालकमा अध्ययन गर्नेछिन् ।

स्तनधारी यो खबटाधारी जीव नेपालका ६२ वटा जिल्लामा पाइएको छ । संसारकै सबैभद्ददा धेरै चोरी तस्करी हुने वन्यजन्तु सालकले धमिरा,कमिलालगायत स–सना किरा खाने गर्छ । यो जीव विशेष गरेर साल, ढाल्ने कट्टुस, उत्तिस र चिलाउनेजस्ता रुख रहेको वन क्षेत्रमा बढी पाइने गर्छ ।

१५ वर्षअघिदेखि नेपालको सालकको अनुसन्धानमा सक्रिय सुवालले अबको एक वर्ष डढेलोले सालकको बासस्थानमा पारेको असरबारे अध्ययन गर्नेछिन् । उनले ४ हजार हेक्टर क्षेत्रफलमा सालकको अनुसन्धान गर्दै डढेलोले सालकको बासस्थानमा पारेको असरबारे अध्ययन गर्नेछिन् । यस्तै, सालकको बासस्थान सुधारका लागि उनले २० हजारवटा बिरुवाहरु रोप्ने डब्लूएफएनले जनाएको छ ।

अबको एक वर्ष उनले नेपालका धेरै गाउँ तथा विद्यार्थीहरुमा सालक संरक्षण सम्बन्धी सचेतना फैलाउने र सालक संरक्षणका लागि १० वटा समुदायमा आधरित संरक्षण समितिको पनि गठन गर्ने ह्विट्लीले जनाएको छ । हरेक ३ मिनेटमा एउटा सालकको तस्करी हुने गरेको तथ्यांक छ ।

सुवालले अवार्ड पाएसँगै आफू गौरवान्वित भएको बताइन् । सालको चोरी तस्करी भइरहेको बताउँदै उनले सालकका खबटा बजारमा देख्दा आफूलाई नरमाइलो लाग्ने बताइन् । ‘यो निर्दोष प्राणलीको तस्करी गर्दा साह्रै नै नरमाइलो लाग्छ । अब यसको दिगो संरक्षण आवश्यक छ,’ उनले भनिन् ।

गत वर्ष यो अवार्ड नेपालबाट रेड पान्डा अनुसन्धाकर्ता सोनाम टासी लामाले पाएका थिए ।

प्रकाशित : वैशाख १४, २०८० १९:०७
प्रतिक्रिया
पठाउनुहोस्

ग्लोबल स्मार्ट प्लसबाट मौलाकालिका केवलकारको टिकटमा १०% छुट

कान्तिपुर संवाददाता

काठमाडौँ — ग्लोबल आईएमई बैंकका ग्राहकले नवलपुर जिल्लाको गैंडाकोटमा रहेको मौलाकालिका केवलकारको टिकट खरिदमा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकको मोबाइल एप्लिकेसन ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताले स्मार्ट क्यूआरबाट भुक्तानी गर्दा टिकट खरिदको १० प्रतिशतसम्म छुट पाउने भएका हुन् ।

बैंकले स्मार्ट च्वाइस टेक्नोलोजीसागको साझेदारीमा सार्वजनिक गरेको यस योजनाअन्तर्गत मौलाकालिका केवलकार टिकट खरिदमा १० प्रतिशत वा अधिकतम १०० रुपैयाँसम्म छुट पाउने छन् । बैंकले ग्लोबल स्मार्ट प्लस र क्यूआरमार्फत गरिने भुक्तानी प्रक्रियालाई प्रवर्द्धन गर्न सीमित अवधिका लागि यो छुट योजना सार्वजनिक गरिएको जनाएको छ । बैंकका सबै जिल्लामा गरी कुल ३५७ शाखा कार्यालय संचालनमा छन् ।


प्रकाशित : वैशाख १४, २०८० १९:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×