कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७२

खगोल विज्ञान विकासका लागि नासो र पाब्डबीच सम्झौता

काठमाडौँ — नेपालमा अभ्यास गरिएका खगोल विज्ञानसम्बन्धी गतिविधि प्रचारप्रसार गर्न र काम गर्दा संकलित ज्ञान हस्तान्तरण गर्दै खगोल विज्ञानको विकासका लागि सहकार्यमार्फत अघि बढ्न दक्षिणपूर्वी एसियाली राष्ट्र ब्रुनेईसँग सम्झौता भएको छ ।

खगोल विज्ञान विकासका लागि नासो र पाब्डबीच सम्झौता

नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) तथा ब्रुनाइ दारुस्सलाम एस्ट्रोनोमिकल सोसाइटी (पाब्ड)बीच १५ वर्षका लागि सहमति भएको हो । दुवै संस्थाका अधिकारीको उपस्थितिमा नासोका तर्फबाट अध्यक्ष सुरेश भट्टराई र ब्रुनाइ दारुस्सलाम एस्ट्रोनोमिकल सोसाइटीकातर्फबाट त्यस संस्थाका अध्यक्ष अवाङ् हाजी महादी बिन हाजी ताहिरले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमतिअनुसार दुवै संस्थाले तथ्यांक केन्द्रित नागरिक विज्ञान परियोजना सञ्चालन गर्ने, खगोल विज्ञानसम्बन्धी दुईदेशीय सञ्चार सञ्जालको समन्वय गर्ने, यस्ता गतिविधिलाई कार्यान्वयन गर्न आवश्यक कोष संकलन गर्ने, दुवै देशमा खगोल विज्ञानको विकासलाई टेवा पुर्‍याउन आपसी हितका अन्य क्षेत्रमा सहकार्य गर्ने सम्झौता पत्रमा उल्लेख गरिएको सोसाइटीका अध्यक्ष भट्टराईले जानकारी दिए ।

सहमतिले दुवै देशमा बलियो वैज्ञानिक समुदाय निर्माण गर्न, खोज अनुसन्धानको वातावरण बनाउन, विभिन्न तालिम तथा अन्तरक्रिया कार्यक्रममार्फत दुईदेशीय क्षमता विकास गर्न तथा संयुक्त खगोल विज्ञान परियोजना सञ्चालन गर्न भूमिका खेल्ने आशा लिइएको छ ।

नेपालमै बसेर नेपाली तथा विश्व समुदायका लागि काम गर्ने अभियानअन्तर्गत सम्झौता गरिएको हो । सोसाइटीको अभियानमा राज्यको साथ, समर्थन तथा सहयोग भए विश्व मानचित्रमा खगोल विज्ञानको क्षेत्रमा नेपालको विशेष छवि बनाउने उनको प्रतिबद्धता छ ।

प्रकाशित : भाद्र १, २०७८ १९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?