कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्यार्थीलाई वनस्पति चित्रकारिता तालिम

काठमाडौँ — नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)अन्तर्गत गठित महिला वैज्ञानिक फोरम नेपालले दुई दिने ‘बाटोनिकल आर्ट एन्ड इलुस्ट्रेसन’ तालिम सम्पन्न गरेको छ ।

विद्यार्थीलाई वनस्पति चित्रकारिता तालिम

विज्ञान र कलाको महत्त्वबारे विद्यालयस्तरदेखि नै सचेत गराउन विद्यार्थीहरुको रुची जगाउन तालिमको आयोजना गरिएको महिला वैज्ञानिक फोरमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नास्ट परिसरमा आयोजित उक्त तालिममा विद्यालयदेखि विश्वविद्यालय स्तरसम्मका ३५ जना विद्यार्थीहरूको सक्रिय सहभागिता थियो । कार्यक्रममा नीरा जोशी प्रधानले विद्यार्थी सहभागीहरूलाई ‘आर्ट एन्ड इलुस्ट्रेसन’सम्बन्धी तालिम दिएकी थिइन् ।

उद्घाटन कार्यक्रममा वनस्पति चित्रकारिता विज्ञसमेत रहेकी जोशीले ‘आर्ट एन्ड इलुस्ट्रेसन’ मा प्रस्तुति दिएकी थिइन् । मंगलबार सम्पन्न उक्त तालिममा सहभागी विद्यार्थीहरूद्वारा बनाइएको उत्कृष्ट ५ वटा चित्रहरुलाई पुरस्कृत गर्नुका साथै सम्पूर्ण सहभागी विद्यार्थीहरूलाई प्रमाण पत्र वितरण गरिएको महिला वैज्ञानिक फोरमकी वैज्ञानिक डाक्टर टिस्टा प्रसाईं जोशीले जानकारी दिइन् ।

प्रकाशित : वैशाख ७, २०७९ १८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?