कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

ध्वनिभन्दा १५ गुणा छिटो मार हान्न सक्ने मिसाइल ‘फत्ताह’ प्रक्षेपण गरेको इरानको दाबी

काठमाडौँ — इरानले ध्वनिभन्दा १५ गुणा छिटो मार हान्न सक्ने हाइपरसोनिक मिसाइलको प्रक्षेपण गरेको दाबी गरेको छ । ‘फत्ताह’ नाम दिइएको मिसाइल इरानले प्रक्षेपण गरेको अलजजिराले उल्लेख गरेको छ ।

ध्वनिभन्दा १५ गुणा छिटो मार हान्न सक्ने मिसाइल ‘फत्ताह’ प्रक्षेपण गरेको इरानको दाबी

इरानी सैनिकले यो मिसाइल ध्वनिको गतिभन्दा १५ गुणा धेरै रहेको बताएको छ । हावामा ध्वनिको गति ३ सय ४३ मिटर प्रतिसकेन्ड छ । यसले १४ सय किलोमिटर टाढासम्मको क्षेत्रमा मार हान्न सक्ने इरानी मिडियाहरूले जनाएका छन् ।

हाइपरसोनिक मिसाइलहरू माच ५ अर्थात् ध्वनिको गतिभन्दा ५ गुणा बढीसम्म जाने स्पिड हुन्छ । त्यो भनेको एक सेकेन्डमा १.७ किलोमिटर वा ६ हजार १७४ किलोमिटरसम्मको दूरीमा जान सक्ने बताइन्छ ।

हाइपरसोनिक मिसाइलहरूलाई धेरै नै छिटो गतिमा हिँड्ने भएकाले राडार सिस्टमले पनि सजिलै डिटेक्ट गर्न नसक्ने बताइन्छ ।

हालसम्म अमेरिका, रुस, चीनसँग हाइपरसोनिक मिसाइल छ ।

प्रकाशित : जेष्ठ २९, २०८० १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×