कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अन्तरिक्षमा ५२ वटा स्टारलिंक स्याटेलाइट छाडेर ८ मिनेटमै पृथ्वी फर्कियो फाल्कोन

काठमाडौँ — इलन मस्कको अन्तरिक्ष कम्पनी स्पेस एक्सले सोमबार ५२ वटा स्टारलिंक स्याटेलाइट पृथ्वीको तल्लो कक्षमा छाडेको छ ।

अन्तरिक्षमा ५२ वटा स्टारलिंक स्याटेलाइट छाडेर ८ मिनेटमै पृथ्वी फर्कियो फाल्कोन

स्पेस एक्सको फाल्कोन-९ बुस्टर रकेट ५२ वटा स्टारलिंक स्याटेलाइट बोकेर अमेरिकी समय अनुसार सोमबार बिहान ३ बजेर १० मिनेटमा फ्लोरिडास्थित प्रक्षेपण केन्द्रबाट लन्च भएको थियो ।

लन्च भएको ८ मिनेट ३० सेकेन्डमा फाल्कोन-९ को बुस्टर पुनः पृथ्वी फर्किएको थियो । बुस्टर स्पेस एक्सको एट्लान्टिक महासगरमा रहेको अवतरण स्थलमा फर्किएको थियो । यस वर्ष उक्त बुस्टर रकेटको ९ औं प्रक्षेपण र अवतरण हो ।

रकेटको माथिल्लो भागमा रहेको स्टारलिंकका ५२ वटा स्याटेलाइटहरू पृथ्वीको तल्लो कक्षमा छाडिएको थियो । प्रक्षेपण भएको ६५औं मिनेटमा ती स्याटेलाइटहरूलाई पृथ्वीको तल्लो कक्षमा छाडिएको थियो ।

हालसम्म स्पेस एक्सले ४ हजार ५ सयभन्दा बढी स्टारलिंक स्याटेलाइट अर्बिटमा राखिसकेको छ । तीमध्ये ४ हजार २ सय वटा सञ्चालनमा रहेको खगोलशास्त्री जोनाथलन म्याडेवलले बताएका छन् ।

इलन मस्कले स्टारलिंक मेघा कन्स्टिलेसन निर्माणका लागि १२ हजारवटा स्याटेलाइट राख्ने अनुमति पाएका छन् । यस्तै, स्पेस एक्सले थप ३० हजारवटा स्याटेलाइट राख्नका लागि अनुमति पनि माग गरेको छ ।

प्रकाशित : जेष्ठ २९, २०८० १६:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?