कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

हिमाल बुझ्‍न खुम्बु क्षेत्रमा ३ देशका ८ पत्रकार

काठमाडौँ — खुम्बु क्षेत्रमा तीन देशका पत्रकारलाई लक्ष्य गरी आयोजित हिमालयन क्लाइमेट बुट क्याम्प (एचसीबीसी-२०२२) सम्पन्‍न भएको छ ।

हिमाल बुझ्‍न खुम्बु क्षेत्रमा ३ देशका ८ पत्रकार

नेपाल विज्ञान पत्रकार समूह(एनएफएसजे)ले आयोजना गरेको एचसीबीसी२०२२ मा नेपालका ४ र भारत, बंगलादेशका २/२ गरी ८ जना विज्ञान पत्रकार सहभागी थिए ।

खुम्बु क्षेत्रमा उनीहरुलाई यही अप्रिल २१ देखि २६ सम्म हिमालय क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरको बारेमा प्रत्यक्ष अवलोकनसहित विषयहरुबारेमा जानकारी गराइएको थिए ।

एभेरेस्ट क्षेत्रमा तीन देशका पत्रकारहरुलाई लक्षित गरेर आयोजना गरिएको यो तालिम सम्भवतः पहिलो रहेको एचसीबीसी२०२२का संयोजक छत्र कार्कीले दाबी गरे । बुट क्याम्पबाट विज्ञान पत्रकारहरुले हिमालय क्षेत्रमा जलवायु र यससँग सम्बन्धित मानिसको दैनिकी प्रत्यक्ष अवलोकन गर्दै विषयमा बुझ्न मद्दत पुगेको उनले बताए ।

बुटक्याम्पमा सहभागी पत्रकारहरुले खुम्बु क्षेत्रका सांसद, जनप्रतिनिधि, संरक्षण अधिकृत, वातावरण विज्ञ, सुरक्षाकर्मी, कृषक, व्यवासयी, ट्रेकिङ गाइडहरुसँग छलफल गरेका थिए । बुट क्याम्पमा लुक्ला, मोन्जु, फाकदिङ, खुम्बु, खुम्जुङ, नाम्चे, हिलारी अस्पताललगायतका क्षेत्रहरुमा विज्ञान पत्रकारहरुले प्रत्यक्ष अवलोकन गर्ने मौका पाएका थिए ।

एचसीबीसी२०२२मा नेचर इन्डियाकी प्रधान सम्पादक शुभ्र प्रियदर्शिनी, थर्ड पोल नेपालका सम्पादक रमेश भुसाल, जलवायु विज्ञ डा. सुदीप ठकुरीले सहजीकरण गरेका थिए ।

तालिमले दक्षिण एसियामा विज्ञान र वातावरण पत्रकारहरुलाई उच्च हिमाली क्षेत्रदेखि तल्लो तटीय क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव बुझ्न सहज बनाउने एनएफएसजेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : वैशाख १७, २०७९ १९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?