आईसीटी अवार्ड २०२१ को अनलाइन आवदेन सुरु- विज्ञान र प्रविधि - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आईसीटी अवार्ड २०२१ को अनलाइन आवदेन सुरु

कान्तिपुर संवाददाता

काठमाडौँ — सूचना तथा सञ्चार प्रविधि क्षेत्रको आईसीटी अवार्ड २०२१ को अनलाइन आवदेन सुरु भएको छ । लिभिङ विथ आईसीटीको आयोजनामा आईसीटी अवार्डको छैटौं संस्करणको आवेदन बिहीबारदेखि सुरु भएको हो ।

विभिन्न्न ११ विधामा आवदेन खुला गरिएको हो । विधाहरुमा स्टार्टअप र प्रोडक्ट, व्यक्ति, सरकारी तथा निजी संस्थाहरुलाई प्रदान गरिने अवार्ड रहेका छन् । जसमा स्टार्ट, प्रडोक्ट, राइजिङ स्टार इन्नोभेसन, पायोनियर, नेपाली डायस्पोरा, आन्टरप्रेनर, वुमन आइकन, डिजिटल एजुकेसन, डिजिटल गभर्नेन्स, डिजिटल सर्भिसेस आइसिटी अवार्डलगायत छन् ।

अवार्डका लागि व्यक्ति, कम्पनी, प्रोडक्ट र संस्थाले साउन १६ सम्म आवेदन दिन सक्ने आयोजकले जनाएको छ ।


प्रकाशित : असार ११, २०७८ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्

याडियाका तीन मोडल सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — इलेक्ट्रिक दुईपांग्रे सवारी साधन निर्माता कम्पनी याडियाले नेपालमा तीन मोडलका स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले जी ५, सि १ एस र एस–लाइक गरी तीन मोडल सार्वजनिक गरेको हो ।

नेपाली बजारमा जी ५ को मूल्य ३ लाख ३० हजार, सि १ एसको ३ लाख ५० हजार र एस–लाइकको २ लाख ३० हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । यी मोडलका स्कुटर खरिद गर्ने सुरुवाती ग्राहकहरुलाई २५ हजार रुपैयाँसम्मको छुटसमेत रहेको छ ।

जी ५ मा जीटीआर ३.० ब्रोडब्यान्ड मोटर प्रयोग गरिएको छ । यो ६० किलोमिटर प्रतिघन्टाको गतिमा चलाउन सकिन्छ । यस्तै, सि १ एसमा ६० भोल्ट ३२ एम्पियरको पानासोनिक लिथियम आयोजन ब्याट्री प्याक उपलब्ध हुनेछ । यो ब्याट्रीको लाइफ सर्कल ८ सय रहेको छ ।

एस–लाइकको ५० किलोमिटर प्रतिघन्टा गति क्षमता रहेको छ । यसमा २१ इन्चको ट्युबलेस टायर, फ्रन्ट डिस्क र रियरमा ड्रम ब्रेक उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित : असार ११, २०७८ ११:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×