भारोत्तोलन ओलम्पिक सोलिडारिटी कोर्स सम्पन्न
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौँ — नेपाली भारोत्तोलनले नयाँ २९ प्रशिक्षक पाएको छ । भारोत्तोलनको प्रशिक्षकका लागि ओलम्पिक सोलिडारिटी कोर्स शुक्रबार सम्पन्न भएयता यो खेलमा नयाँ जनशक्ति थपिएको हो ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/reward-900x100-pxl-2462024072414.gif)
![भारोत्तोलन ओलम्पिक सोलिडारिटी कोर्स सम्पन्न](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/third-party/messengercreation6b3c16a6-5f9a-4db8-96e7-df59e5379957-1462024043313-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/sathi-deposit-900-100-1262024124333.gif)
नेपाल ओलम्पिक कमिटीको सातदोबाटोस्थित भवनमा पाँच दिन सञ्चालन भएको कार्यक्रममा कोर्स निर्देशकको भूमिका सर्बियाली एरभिन रोज्सयानिकले निभाएका थिए ।
कार्यक्रम समापनमा कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले प्रमाणपत्र वितरण गरे । त्यस अवसरमा रोज्सयानिकले ओलम्पिक सोलिडारिटी कोर्सको माध्यमबाट नेपाली भारोत्तोलनको विकासमा मदत पुग्ने विश्वास पोखे । यस्तै महासचिव श्रेष्ठले राम्रा खेलाडी उत्पादनका लागि उत्तिकै राम्रो र अनुशासित प्रशिक्षकको आवश्यकता रहेको बताए ।
नेपाल भारोक्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले कार्यत्रमको सफलताले खेलाडी उत्पादनसँग उनीहरूको विकासमा टेवा पुग्ने बताए । उनले यस कार्यक्रममा सहभागीलाई अझ परिस्कृत प्रशिक्षण कार्यक्रममा सहभागी गराउने पनि बताए । नेपाली भारोत्तोलनमा दस वर्षयता यस ओलम्पिक सोलिडारिटी कोर्स भएको हो ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)