कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

कोशी प्रदेश टी–१० क्रिकेट : फूलबारी र विराट विजयी

विनोद भण्डारी

विराटनगर — प्रथम कोशी प्रदेश दिवा–रात्रिकालीन टी–१० क्रिकेट प्रतियोगितामा विराटनगरको फूलबारी क्रिकेट क्लब र विराट स्पोर्टिङ क्लब विजयी भएका छन् । 

कोशी प्रदेश टी–१० क्रिकेट : फूलबारी र विराट विजयी

मंगलबारको पहिलो खेलमा फूलबारीले एलिट क्रिकेट क्बललाई १० विकेटले र दोस्रो खेलमा विराट स्पोर्टिङले पूर्वाञ्चल क्रिकेट एकेडेमीलाई ७ विकेटले पराजित गरेको हो । जितसँगै दुवै टिमले २–२ अंक जोडेका छन् ।

पहिलो खेलमा एलिटले दिएको ९९ रनको लक्ष्य फूलबारीले ५.५ ओभरमा बिनाक्षति पूरा गर्‍या । फूलबारीका ओपन आलोक मञ्जयले १५ बलमा अविजित ४८ रन बनाए । उनले ७ छक्का र १ चौका प्रहार गरे । उनी खेलको प्लेयर अफ द म्याच घोषित भए । खण्डक बोहराले २० बलमा ४८ रनको योगदान दिए । उनले ४ छक्का र ५ चौका हिर्काए । त्यसअघि पहिलो ब्याटिङ गरेको एलिटले ३ विकेट गुमाउँदै ९८ रनको चुनौती प्रस्तुत गर्दा अंकित गोस्वामीले १६ बलमा ३६ रन, सुशान्त मिश्रले १४ बलमा २४ रन र अभिषेक पलले १३ बलमा २० रनको योगदान गरेका थिए । फूलबारीका बलर भुवन कार्की, दिपक राज र एमडी कैफले समान १–१ विकेट लिए ।

दोस्रो खेलमा विराट स्पोर्टिङले पूर्वाञ्चल क्रिकेट एकेडेमीलाई ७ विकेटले पराजित गरेको हो । पूर्वाञ्चलले दिएको ७६ रनको लक्ष्य विराटले ८.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्दा खालिद आलमले १२ बलमा २६ र सुदर्शन कुमारले २४ बलमा २४ रन योगदान गरे । पूर्वाञ्चलका विकास लोहियाले २ र मन्जित श्रेष्ठले १ विकेट लिए । त्यसअघि पहिलो ब्याटिङ गरेको पूर्वाञ्चल ७ विकेटको क्षतिमा ७५ रनमा सीमित रह्यो । उसका लागि पवन कुमारले १४ बलमा २८ र निराजन लड्डीले १५ बलमा २० रन जोडे । विराटका आशुतोष सिंह, खालिद आलम र प्रतिक पोखरेलले समान २ विकेट झारे ।

विराटनगर महानगरपालिका–६ को आयोजनामा सोमबार सुरु भएको प्रतियोगितामा मुलुकका विभिन्न ७ वटा क्लबको सहभागिता छ र हरेक क्लबमा चार जना भारतीय खेलाडी अनुबन्धित छन् ।

प्रतियोगिताका विजेताले ५ लाख र उपविजेताले २ लाख रुपैयाँ पुरस्कार पाउने आयोजक वडाध्यक्ष अक्षय सहनीले बताए । प्रतियोगिता सञ्चालनका लागि विराटनगर ६ बरमपुरामा १२ लाखको लागतमा बाँसको खम्बामा अस्थायी फ्लड्लाईटको व्यवस्था गरेको छ ।

प्रकाशित : जेष्ठ १५, २०८१ २०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×