कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

राष्ट्रिय कुङ्फुमा काठमाडौं टिम च्याम्पियन

काठमाडौँ —  काठमाडौंले तेश्रो राष्ट्रिय कुङफु प्रतियोगिताको उपाधि आइतबार जितेको छ । काठमाडौं १२ स्वर्ण, ६ रजत र २ कांस्य जित्दै समग्रमा टिम च्याम्पियन बन्यो ।

राष्ट्रिय कुङ्फुमा काठमाडौं टिम च्याम्पियन

नेपाल कुङफु संघको आयोजना तथा मार्सल आर्ट्स अर्गनाइजेसन नेपालको सह–आयोजनामा भएको प्रतियोगितामा ललितपुर १० स्वर्ण, ४ रजत र १ कांस्यसाथ दोस्रो भयो । तेस्रो स्थानको धादिङले ४ स्वर्ण, ३ रजत र ५ कांस्य हात पार्‍यो । बेटर कलेक्सन कीर्तिपुरका प्रोप्राइटर विनोद महर्जनले शीर्ष तीन स्थान हात पार्नेलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरे ।

कीर्तिपुर कभर्डहलमा भएको प्रतियोगिताको सान्डातर्फ पुरुषमा सुशील तामाङ र महिलामा मनीषा विक उत्कृष्ट खेलाडी घोषित भए । थाउलोको पुरुषमा पुरुषमा रजिन च्यामे र महिलामा याङ्की गुरुङ उत्कृष्ट खेलाडी चुनिए ।

दुईदिने प्रतियोगितामा विभिन्न १६ जिल्लाका १ सय ८० खेलाडीले सिनियर र जुनियरमा गरी ४४ स्पर्धामा प्रतिस्पर्धा गरेको सह–आयोजक मार्सल आर्ट्स अर्गनाइजेसन नेपालका अध्यक्ष राजीव महर्जनले जनाएका छन् ।

प्रकाशित : जेष्ठ १४, २०८१ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×