कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

एनसीसीएस कपमा सीईसी र आयोजक भक्तपुर विजयी

काठमाडौँ — पल्सर क्रिकेट एन्सिलेन्स सेन्टर (सीईसी) काठमाडौंले एनसीसीएस आमन्त्रण भ्याली कप टी–२० क्रिकेट प्रतियोगितामा सोमबार जित निकालेको छ ।

एनसीसीएस कपमा सीईसी र आयोजक भक्तपुर विजयी

समूह ‘ए’ मा रहेको सीईसीले बलपार्क स्पोर्टस एन्ड इभेन्ट एकेडेमीलाई ५ विकेटले पराजित गरेको थियो । बलपार्कले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय १७ रन बनायो ।

त्यसमा तिलक राजभण्डारीले २८, आशुतोष घिरैयाले २१ र विवेक रानामरले २० रनको योगदान गरे । सीईसीका राज बमले दुई, युनिसविक्रम सिंह र सूर्य तामाङले समान एक विकेट लिए ।

जवाफमा सीईसी काठमाडौंले १८.१ ओभरमा १सय २१ रन बनाएर लक्ष्य पूरा गरेको थियो । राज बमले अलराउन्ड प्रदर्शन गर्ने क्रममा २७ बलमा ३९ रन जोडे । दीपेन्द्र राउत २१ र रित गौतमले १७ रन बनाए । बलपार्कका तिलक राजभण्डारी र अर्थव पौडेलले समान २ र पंकज पाण्डेले एक विकेट लिए । प्लेयर अफ द म्याच राज बम भए ।

मूलपानी क्रिकेट मैदानमा भइरहेको प्रतियोगिताको महिलातर्फ आयोजक भक्तपुर जिल्ला ८ रनले विजयी भएको छ । आयोजकले ललितपुर जिल्ला टिमलाई हरायो ।

भक्तपुरले निर्धारित २० ओभरमा अलआउट हुँदै ८० रन बनायो । अनुशा रोलाले ९, विनु जप्रेलले ८ र अलिसा खड्काले ७ रन जोडेका थिए । ललितपुरबाट मनीषा उपाध्याय र श्वेता गुप्ताले समान २ विकेट तथा सम्भाव्य ढकालले एक विकेट लिए ।

जवाफमा ललितपुर १८.४ ओभरमा समेटिँदा ७२ रनमात्र बनाउन सक्यो । त्यसमा गंगा बस्नेतले ३३ रन जोडिन् । भक्तपुरकी पूजा साउदले १४ रन दिएर ४ विकेट लिइन् । अनुषा र सिर्जना श्रेष्ठले २–२ विकेट लिए । ४ विकटे लिएकी पूजा साउद प्लेयर अफ द म्याच भइन् । मंगलबार भक्तपुरले काठमाडौंसँग खेल्नेछ ।

प्रकाशित : जेष्ठ १४, २०८१ १८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×