कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

महिला क्रिकेटको प्रारम्भिक टोली घोषणा

काठमाडौँ —  एसीसी वुमन्स एसिया कपका लागि इन्दु बर्माको कप्तानीमा २८ सदस्यीय प्रारम्भिक नेपाली महिला क्रिकेट टोली घोषणा गरिएको छ । श्रीलंकामा वुमन्स एसिया कप साउन पहिलो सातादेखि हुनेछ । त्यसको समूह ‘ए’ नेपालसहित भारत, पाकिस्तान र युएई छ । समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, थाइल्यान्ड र मलेसिया छ । 

महिला क्रिकेटको प्रारम्भिक टोली घोषणा

प्रिमियर कपको शीर्ष चारभित्र रहँदै नेपाली टोली एसिया कपलाई छनोट भएको थियो ।

प्रारम्भिक टोलीमा इन्दु वर्मा (कप्तान), रुबिना क्षेत्री, सीता रानामगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ (विकेटकिपर), पूजा महतो, डली भट्ट, विन्दु रावल, रोमा थापा, ममता चौधरी, राजमित ऐरी, कृतिका मरासिनी, सवनम राई, रुबि पोदार (विकेटकिपर), खुशी डंगोल, लक्ष्मी साउद, एलिसा खडिया, अप्सरी बेगम, करुणा भण्डारी, अस्मिना कर्माचार्य, संगीता राई, आरती महतो, सावित्री धामी, यशोदा विष्ट, सोनी पाख्रिन र हेलिसा गुरुङ रहेका छन् ।

प्रकाशित : जेष्ठ ११, २०८१ ०६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×