कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

रेडियन्ट र विद्यालय खेलकुद महासंघबीच सम्झौता

काठमाडौँ — विद्यालय खेलकुदको विकास र प्रवर्द्धनमा सहकार्य गर्ने उद्देश्यसहित रेडियन्ट रिडर्स एकेडेमी र नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) बीच शुक्रबार सम्झौता भएको छ ।

रेडियन्ट र विद्यालय खेलकुद महासंघबीच सम्झौता

रेडियन्टका संस्थापक प्रिन्सिपल डिके ढुंगाना र एनएसएसएफका महासचिव तथा अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आईएसएफ) का सदस्य राजकुमार कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौतासँगै रेडियन्टले आईएसएफको स्वीकृतिमा एनएसएसएफको आधिकारिक सदस्यताको मान्यता पाएको छ ।

सम्झौताअनुसार रेडियन्टलाई आईएसएफको खेलकुद गतिविधिका साथै शैक्षिक र सांस्कृतिक कार्यक्रमका लागि विश्वव्यापी मञ्च उपलब्ध गराउने छ । आईएसएफको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउने, एसियाली विद्यालय खेलकुद महासंघ (एएसएसएफ) को साधारण सभामा एनएसएसएफको प्रतिनिधिसँगै सहभागी हुन पाउने, विद्यालय खेलकुदको गतिविधि प्रवर्द्धनमा क्रियाशील हुनुपर्नेलगायतका विषयवस्तु समावेश छन् । सम्झौता बढी ३ वर्षसम्म कायम रहनेछ ।

सम्झौतापछि महासचिव कार्कीले आईएसएफबाट स्वीकृति प्राप्त सदस्यता आबद्धताको प्रमाणपत्र प्रिन्सिपल ढुंगानालाई हस्तान्तरण गरे ।

संस्थापक प्रिन्सिपल ढुंगानाले विभिन्न अन्तर्राष्ट्रिय शैक्षिक संस्थासँग आबद्ध भए पनि खेलकुदको अन्तर्राष्ट्रिय संस्थासँग रेडियन्ट पहिलो पटक आबद्ध भएको जानकारी गराए । उनले रेडियन्टले खेलकुदलाई प्राथमिकता दिँदै आएको बताए । महासचिव कार्कीले एनएसएसएफसँग आबद्धताले खेलकुदका अलावा आईएसएफको विभिन्न सोलिडारिटी परियोजनामा सहभागी हुन पाउने बताए ।


प्रकाशित : जेष्ठ ११, २०८१ २०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?