कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

अनलाइनमा जुवा खेलाउने छ जना पक्राउ

काठमाडौँ — नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनलाइनमार्फत् जुवा खुलाउने काम गर्दै आएका छ जना युवालाई पक्राउ गरेको छ । 

अनलाइनमा जुवा खेलाउने छ जना पक्राउ

प्रहरीले रुपन्देहीको कट्टिमाई नगरपालिका–६ का २५ वर्षीय आकाश मिश्र, सिद्धार्थनगर–६ का २२ वर्षीय अभिषेक जैसवाल, ओमसतिया–१ का २५ वर्षीय नितेश हरिजन, बुटवल उपमहानगरपालिका–१७ का २९ वर्षीय रामु गिरी, सैनामैना–८ का २८ वर्षीय प्रतिक बस्याल र काठमाडौंका २९ वर्षीय सजल श्रेष्ठलाई पक्राउ गरेको हो ।

उनीहरुले अनलाइनमा जुवा खेलाउने गरेको भन्ने सूचनाका आधारमा अनुसन्धान गर्दै जाादा सामाजिक सञ्जालमार्फत् जुवा खेलाई करिब दुई महिनामा २४ करोडभन्दा बढी रकम कारोबार गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए । सीआईबीले उनीहरुविरुद्ध अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।


प्रकाशित : असार २, २०८१ २०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?