कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

नवौं राष्ट्रिय हाप्किडो च्याम्पियनसिप सुरु

सुर्खेत — नेपाल हाप्किडो संघको आयोजना तथा राष्ट्रिय खेलकुद परिषद् तथा कर्णाली खेलकुद परिषद्को स्वीकृतिमा नवौं राष्ट्रिय हाप्किडो च्याम्पियनसिप आइतबार सुरु भएको छ ।

नवौं राष्ट्रिय हाप्किडो च्याम्पियनसिप सुरु

प्रतियोगिताको कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री वीरबहादुर शाहीले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वमित्र सञ्ज्याल, कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमाल उपस्थित थिए ।

शाहीले कर्णाली प्रदेशमा राष्ट्रिय च्याम्पियनसिपको आयोजना हुनु प्रदेश खेलकुदकै लागि गर्वको विषय भएको बताए ।

नेपाल हाप्किडो संघका अध्यक्ष तथा दक्षिण एसियाली हाप्किडो महासंघका अध्यक्ष कालीबहालुर घर्ती मगरले सबै प्रदेशमा चक्रिय रूपले कार्यक्रम आयोजना गर्ने नीतिअन्तर्गत अहिले कर्णालीमा आयोजना भएको बताए ।

कर्णाली प्रदेशको सुर्खेतमा हुने प्रतियोगितामा ५२ जिल्लाका खेलाडीको सहभागिता छ । यो च्याम्पियनसिपले नेपाली हाप्किडोलाई नयाँ दिशा दिने विश्वास रहेको हाप्किडो संघका मुख्य प्रशिक्षक प्रवीण गुरुङले बताए । क्युरोगी, होसिनसुल, हाइफल, लङफल र विपन टेक्निकमा प्रतिस्पर्धा हुनेछन् ।

संघको नियमित वार्षिक कार्यक्रम अनुसार च्याम्पियनसिप हुने लागेको हो । प्रत्येक संस्करण फरक प्रदेशमा आयोजना गर्ने नीतिअनुसार नवौं संस्करण कर्णालीमा हुने लागेको हो ।

शीर्ष तीन स्थान पाउने टोलीका साथै उत्कृष्ट महिला र पुरुष खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने छ । उत्कृष्ट प्रशिक्षक र रेफ्रीलाई पनि नगद पुरस्कार प्रदान गरिने छ । उत्कृष्ट जिल्ला र स्कुल डोजाङलाई पनि सम्माीनत गरिने छ ।

कर्णाली प्रदेशको विशेषतालाई देशव्यापी रूपमा परिचित गराउन यो प्रतियोगिता उपयोगी साबित हुने विश्वास स्थानीय आयोजक कर्णाली प्रदेश हाप्किडो संघका अध्यक्ष गंगाराम तिमिल्सेनाको छ । पछिल्लो समय कर्णालीमा हाप्किडोको तीव्र विकास भइरहेको छ ।

प्रकाशित : असार २, २०८१ २२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?