कान्तिपुर वेबसाईट
AdvertisementSponsored
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

युरो-२०२४ : पोल्यान्डमाथि नेदरल्यान्ड्सको पुनरागमन जित

ह्याम्बर्ग — नेदरल्यान्ड्सले युरो-२०२४ को समूह ‘डी’ मा १ गोलले पछाडि रहेको स्थिति उल्ट्याएर पोल्यान्डलाई आइतबार २–१ ले पराजित गरेको छ । खेलको ८३ औं मिनेटमा भाउट बेहर्स्ट डच टिमका लागि चलाखीपूर्ण निर्णायक गोल गरे ।

युरो-२०२४ : पोल्यान्डमाथि नेदरल्यान्ड्सको पुनरागमन जित

पोल्यान्डले एडम बुस्काको गोलले १६ औं मिनेटमा अग्रता लिएको थियो । उनले कर्नरमा प्राप्त अवसरलाई हेडबाट गोल गरे । पहिलो हाफकै २९ औं मिनेटमा नेदरल्यान्ड्सले बराबरी गोल फर्कायो ।

कोडी गाक्पोले पेनाल्टी एरियाबाट गरेको प्रहार डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो । यो जितसँगै नेदरल्यान्ड्सले समूहमा सुरुआती अग्रता लिएको छ ।


प्रकाशित : असार २, २०८१ २०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?