कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

राष्ट्रिय चेसलाई नौ महिला खेलाडी छनोट

काठमाडौँ — नवौं महिला राष्ट्रिय ‘बी’ चेस च्याम्पियनसिपको सात चरणको अन्तिम छनोट खेलबाट ९ महिला खेलाडी राष्ट्रिय प्रतियोगितालाई छनोट भएका छन् । दुई खेलाडी वैकल्पिक रूपमा छानिएको छ ।

राष्ट्रिय चेसलाई नौ महिला खेलाडी छनोट

नेपाल बुद्धिचाल महासंघको आयोजनामा भक्तपुर जिल्ला बुद्धिचाल संघको सहआयोजनामा भक्तपुरमा भएको छनोट स्पर्धाबाट छानिएका खेलाडीले जेठ १९ देखि हुने २४ औं राष्ट्रिय बुद्धिचाल प्रतियोगिता खेल्न पाउनेछन् ।

सूर्य विनायक नगरपालिकाको प्रायोजनमा सम्पन्न सातौं चरणको खेलपछि कोशी प्रदेश च्याम्पियन कृतिसरा अधिकारी ६ अंकसहित पहिलो भइन् । पूर्वनेपाल च्याम्पियन सिन्दिरा जोशी ५.५ अंक, काठमाडौंकी रिया श्रेष्ठ र पोखराकी पूजा भण्डारी ४.५ अंक बटुल्दै छानिए ।

क्लासिकल ९० मिनेट खेलमार्फत काठमाडौंकी विनिता कपाली, भक्तपुरकी अंशुदिल प्रजापति, झापाकी पुनम प्रसाईं, भक्तपुरकी श्रृषा दुवाल र सविना ४–४ अंक बटुल्दै छानिएका हुन् । वैकल्पिक खेलाडीमा ३.५ अंक जोडेर भक्तपुरकी प्रश्ना किबानायो र रूपन्देहीकी नमन सेढाईं रहे ।

खुला छनोटतर्फ आठौं चरणको खेल सकिँदा युवा खेलाडी पुरुषोत्तम सिलवाल ६.५ अंक जोडेर अगाडि छन् । काभ्रेका क्यान्डिडेड मास्टर मिलन लामा र एरिना इन्टरनेसनल मास्टर सुश्रुत दाहाल ६ अंकसहित दोस्रो स्थानमा छन् ।

राष्ट्रिय च्याम्पियनसिपमा छनोट हुन दौडमा रहेका प्रेमकृष्ण महर्जन, सीएम केशव श्रेष्ठ, सुशील चौधरी, प्रकाशचन्द्र नेपाल, सीएम पुरुषोत्तम चौलागाईं, लोकसागर साम्भा, रिसोन थापा, राजीव कार्की र सुरोज महर्जन ५.५ अंकसहित तेस्रो स्थानमा छन् ।

संयोजक एवं अन्तर्राष्ट्रिय निर्णायक निरञ्जन प्रजापतिका अनुसार स्वीस लिग ९ चरणको खेल बिहीबार बिहान हुनेछ ।

प्रकाशित : जेष्ठ ९, २०८१ २१:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?