२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३२

चौँथो ज्ञानकुञ्ज रोड रेसको उपाधि आइष्मा र आशिकलाई

काभ्रे — चौँथो ज्ञानकुञ्ज रोड रेसको उपाधि आइष्मा र आशिकले जितेका छन् । ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले शनिबार गरेको चौँथो रोडरेसको छात्रातर्फ बिजेश्वरी ज्ञान मन्दिर सैनिक माध्यमिक विद्यालयबाट आइष्मा आचार्य र छात्रतर्फ काभ्रे माध्यमिक विद्यालयबाट आशिक थापाले उपाधि जितेका हुन् । 

चौँथो ज्ञानकुञ्ज रोड रेसको उपाधि आइष्मा र आशिकलाई

त्यस्तै, द्वितीय स्थानमा छात्रतर्फ कलंकी मोडल नैकापबाट अनुज महत र छात्रातर्फ पद्मकन्या मा.वि. कलंकीबाट अमृता बलामी, छात्रतर्फ श्रीकृष्ण मा.वि. भक्तपुरबाट नवराज मैनाली र छात्रातर्फ जेसिस मा.वि. भक्तपुरबाट क्याथ्रिन बासुकला तेश्रो भए ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद ३० हजार तथा मेडल, प्रमाणपत्र दोस्रो २० हजार र मेडल, प्रमाणपत्र र तेस्रोलाई १० हजार नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

रोड रेसमा छात्राहरुको लागि बनेपा तीनदोबाटोबाट प्रारम्भ भइ गणेशस्थान हुँदै चण्डेश्वरी मन्दिरसम्म र त्यहाँबाट पुरानोबजार हुँदै ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानसम्म ३.६ किलोमिटर र छात्रहरुको लागि पनौती बसपार्कबाट प्रारम्भ भई बनेपा चारदोबाटोबाट पुरानो बजार हुँदै ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानसम्म ७ किलोमिटरको दौड प्रतियोगिता गरिएको थियो ।

प्रतियोगितामा काभ्रेबाट मात्रै नभएर काठमाडौं,भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक लगायत विभिन्न जिल्लाबाट २०० जना विद्यार्थीहरू सहभागी भएका थिए ।

प्रकाशित : असार १, २०८१ १६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्तामा २ जना मात्रै उपस्थित भएपछि नियुक्तिमा अन्योल छाएको छ । अध्यक्ष नियुक्तिमा मुख्यरुपमा के भइरहेजस्तो लाग्छ ?

x