कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

सूर्य नेपाल प्रिमियर गल्फ : साबिक विजेता सुवासको अग्रता

काठमाडौँ — डिफेन्डिङ च्याम्पियन सुवास तामाङले ५ अन्डर ६७ को स्कोर गर्दै समग्रमा १२ अन्डर २ सय ४ सहित सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपमा बिहबिार शीर्षस्थानमा पुगेका छन् ।

सूर्य नेपाल प्रिमियर गल्फ : साबिक विजेता सुवासको अग्रता

सुवासले भुवन नगरकोटी र दिनेश प्रजापतिलाई अन्तिम १८ होलको खेल बाँकी रहँदा एक स्ट्रोकले पछि पारेका छन् । अब उपाधि होड निकै प्रतिस्पर्धात्मक बनेको छ ।

दिनेश र भुवनले समग्रमा ११ अन्डर २ सय ५ स्कोर गरेका छन् । उनीहरू दुवै १ अन्डर ७१ खेल्दै संयुक्त दोस्रो स्थानमा झरे । एमेच्योर सद्भाव आचार्य र धरानका प्रो नीरज तामाङ समग्रमा ९ अन्डर २ सय ७ स्कोरसहित संयुक्त चौथो स्थानमा रहे । दुवैले तेस्रो दिनको खेल २ अन्डर ७० मा पूरा गरे ।

१ अन्डर ७१ सहित समग्रमा ६ अन्डर २ सय १० को स्कोरमा तोरणविक्रम शाही छैटौंमा रहे । एमेच्योर विजय श्रेष्ठ ५ अन्डर २ सय ११ को स्कोरमा सातौं, ४ अन्डर २ सय १२ सहित जयराम श्रेष्ठ आठौं र १ अन्डर २ सय १५ सहित एमेच्योर सुमन परियार नवौं स्थानमा रहे । विजय र जयरामले बिहीबार इभन पार ७२ र सुमनले ३ ओभर ७५ को स्कोर कार्ड बनाए ।

समग्रमा इभन पार २ सय १६ को स्कोरमा एमेच्योरद्वय राहुल विश्वकर्मा र तेन्जिङ पाल्देन तथा प्रो सञ्जय लामाले संयुक्त दसौं स्थान ओगटेका छन् । राहुलले ३ अन्डर ६९, तेन्जिङले १ अन्डर ७१ र सञ्जयले ४ ओभर ७६ स्कोर गरे ।

अघिल्लो दिन संयुक्त तेस्रो स्थानमा रहेका सुवासले शीर्ष स्थानमा उक्लने क्रममा फ्रन्टनाइन २ अन्डर ३४ र ब्याकनाइन ३ अन्डर ३३ मा सकेका थिए । एमेच्योर गल्फर हुँदा पाँच प्रतियोगिता जितेका सुवास प्रो बनेपछि पहिलो उपाधि जित्ने दाउमा छन् ।

सूर्य नेपाल गल्फ टुर २०२३/२४ अन्तर्गत सिजनको सबैभन्दा ठुलो प्रतियोगितामा कुल १५ लाख ५० हजार पुरस्कार राशि रहेको छ । विजेताले २ लाख ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित : असार ६, २०८१ २२:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×