२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

वाईफाई नेपालको ब्रान्ड एम्बेसडरमा खड्का

काठमाडौँ — नेपाल क्रिकेट संघ क्यानका सचिव एवं राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्का वाईफाई नेपाल प्रालिको ब्रान्ड एम्बेसडर बनेका छन् । फाइबर इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको वाईफाई नेपालले काठमाडौंमा आयोजित एक कार्यत्रममा खड्कालाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको हो ।

वाईफाई नेपालको ब्रान्ड एम्बेसडरमा खड्का

सन् २०२२ मा स्थापना भएको वाईफाई नेपालले ५० र ८० एमबीपीएस क्षमताको इन्टरनेट सेवालाई ७ वटै प्रदेशबाट सुरु गरेको बताएको छ । ‘भरपर्दो र गुणस्तरीय इन्टरनेट सेवा सुपथ मूल्यमा रहेका नेपालीको पहुँचमा पुर्‍याउन चाहन्छौं,’ वाईफाई नेपाल प्रालिका सीईओ शत्रुहन पञ्जियारले भने । वाईफाई नेपाल कम्पनीले हालसम्म ३० भन्दा बढी शाखा विस्तार गरिसकेको पनि बताएको छ ।

प्रकाशित : असार १, २०८१ २०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x