कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

प्यूठानमा विद्यालय भवन निर्माण गर्दै भारत

काठमाडौँ — भारत सरकारले ३ करोड ३९ लाख रुपैयाँ आर्थिक सहयोगमा प्यूठानस्थित ऐरावती गाउापालिका–१ को दाङ–बाङ माध्यमिक विद्यालय भवन निर्माण गर्ने भएको छ । निर्माण गरिने विद्यालय एवं छात्रावास भवनको आइतबार ऐरावती गाउापालिकाका अध्यक्ष नविल विक्रम शाह र भारतीय राजदूतावास, काठमाडौंका द्वितीय सचिव प्रशान्त कुमार सोनाले संयुक्त रुपमा शिलान्यास गरे । 

प्यूठानमा विद्यालय भवन निर्माण गर्दै भारत

भारत सरकारको ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत यस विद्यालयलाई आवश्यक अन्य सुविधासँगै विद्यालय एवम् छात्रावास भवनको निर्माणमा उपयोग गरिने जनाएको छ । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको हो ।

विद्यालय भवन निर्माणले अध्ययनरत विद्यार्थीहरुका लागि गुणस्तरिय शिक्षा र आवास सुविधा प्रदान गर्न विद्यालयको नयाा विद्यालय एवम् छात्रावास भवन उपयोगी हुनुका साथै यसले सिकाइका लागि राम्रो वातावरण सिर्जना गर्नेछ ।


प्रकाशित : असार ३, २०८१ १२:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?