२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

बजारमा लहानको आँप !

लहान — लहान क्षेत्रका किसानले उत्पादन गरेको आँपलाई लहान नगरपालिकाले ब्रान्डिङ, ग्रेडिङ र प्याकेजिङ गरी बजार पठाएको छ । 

बजारमा लहानको आँप !

नगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा आँपको ब्रान्डिङ गरी बजार पुर्‍याउन थालेको हो । नगरपालिकाले यसका लागि लहानको सरस्वती कृषि फर्मसँग सम्झौता गरेको छ । फर्मले आँपलाई सफा गरेर ग्रेडिङ र प्याकेजिङ गरी लोगो लगाएर काठमाडौंलगायत सहरमा पठाउँछ । यसले लहानको आँपलाई नेपाली बजारमा पहिचान दिलाउने, किसानको उत्पादन प्रवर्द्धन हुने र उपभोक्ताले विषादीरहित आँप उपभोग गर्न पाउने नगरपालिकाको विश्वास छ ।

नगरपालिकाले काठमाडौँको शान्तिनगरमा ‘लहानको आँप’ बिक्री कक्ष संचालन गरेको छ । यहाँबाट काठमाडौं बजारमा आँप जानेछ भने राष्ट्रब्यापी अनलाइन अर्डर तथा होम डेलिभरीका लागि ओयो पसलसँग सम्झौता गरेको छ ।

स्थानीय आँपको ब्रान्डिङसँगै नगरपालिकाले राख्ने दरभाउमा यहाँका किसानले उचित मूल्य पाउने भएपछि आँप खरिद बिक्रीमा विचौलियाले लाभ उठाउने परिपाटीको अन्त्य गरेको नगरप्रमुख महेशप्रसाद चौधरीले बताए ।

नगरपालिकाले गत वर्ष ३० मेट्रिक टन आँप ब्रान्डिङ गरी काठमाडौंलगायत देशका विभिन्न सहरहरुमा बिक्रीवितरण गरेको थियो । यस वर्ष ५० मेट्रिक टन बिक्री गर्ने लक्ष्य रहेको नगरपालिकाले जनाएको छ ।


तस्बिर : विनय आजाद/कान्तिपुर


प्रकाशित : असार १, २०८१ २२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मंसिरदेखि दूधको भुक्तानी नपाएपछि विरोधमा उत्रिएका किसानमाथि प्रहरीले धरपकड गरेकोबारे तपाईंको के टिप्पणी छ ?

x