कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

'नागरिकको स्वास्थ्य' गलकोटको प्राथमिकतामा

बागलुङ — गलकोट नगरपालिकाले पूर्वाधार भन्दा नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाले आगामी आर्थिक बर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा स्वास्थ्यका दर्जनबढी कार्यक्रम नागरिकको स्वास्थ्यमा केन्द्रीत गरेर ल्याएको छ ।

'नागरिकको स्वास्थ्य' गलकोटको प्राथमिकतामा

कुनैपनि महिला गर्भवती हुनासाथ नगरपालिकाको निरन्तर निगरानीमा राखिने भएको छ । यस अघि नगरपालिकाले नियमित स्वास्थ्य परीक्षण गरेर स्वास्थ्य संस्थामै सुत्केरी हुने महिलालाई एकमुष्ट ४ हजार ६ सय रुपैयाँ उपहार स्वरुप दिंदै आएको छ ।

हरेक गर्भवती र सुत्करीको विवरण अभिलेख गरेर सबैको नियमित खोप, उपचार सेवा, नवजात शिशुको उपचार र पुर्ण खोप अभियानलाई पनि प्राथमिकताका साथ सञ्चालन गर्ने नगरपालिकाको नीति छ । टाढाबाट स्वास्थ्य संस्थामा आउनुपर्नेहरुका लागि सुत्केरी प्रतिक्षाघर बनाएर संचालनमा ल्याइने भएको छ । उनीहरुले सुत्केरी हुनु अघि र पछि सातादिन सम्म नि:शुल्क खाने बस्ने अबसर पाउनेछन् ।

गलकोट नगर अस्पताललाई प्रभावकारी बनाउन बिशेषज्ञ सेवा बिस्तार गरिने भएको नगरप्रमुख भरत शर्मा गैरेले बताए । मुटु रोग सहितका नसर्ने रोगको नियमित शिविर संचालन गर्ने, हृदयाघातको उपचार व्यवस्था नगरपालिकाले गर्ने छ । गैरेले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बिपन्न नागरिकको उपचारमा नगरपालिकाले उपचार कोष स्थापना गर्ने बताए । गलकोट नगर अस्पतालबाट सहरी क्षैत्रमा रिफर गर्नु परैमा नगरपालिकाले खर्चको जोहो गर्ने भएको हो ।

दुई वर्षदैखि संचालनमा आएको गलकोट नगरअस्पताललाई नमूना बनाउन सबै प्रकारका रोगको उपचार गर्ने व्यवस्था मिलाइने छ । अस्पतालको प्रयोगशाला व्यवस्थित बनाउने र मध्यपहाडी लोकमार्गमा सहरी स्वास्थ्य केन्द्र पनि स्थापना गर्ने घोषणा गरिएको हो । राजमार्गमा हुने सडक दुर्घटनाको उपचारका लागि उक्त केन्द्र उपयोगी हुने बताइएको छ ।

त्यसबाहेक नगरपालिकाको स्वास्थ्य प्रोफाइल तयार गर्ने तयारी समेत गरेको छ । सबै वडामा सुविधासम्पन्न स्वास्थ्य चौकी बनाउने अभियान पनि आगामी वर्ष पूरा गर्ने भएको छ । भवन बन्न बाँकी रहेको वडा नं १ र ७ मा स्वास्थ्यचौकी बनाइनेछ ।

आम नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर नगरपालिकाले सबै वडामा स्वच्छ खानेपानी पुर्‍याउने लक्ष्य समेत राखिएको छ । सबै नागरिकको नसर्ने रोगको स्क्रिनिङ शिविर गर्ने, जेष्ठ नागरिकको घरघरमा स्वास्थ्यकर्मी पुगेर उपचार सेवा दिने र बिपन्नको उपचारमा आर्थिक सहायता दिने, पोषण तथा खाद्य सुरक्षा कार्यक्रम संचालन गर्नै र सबै स्वास्थ्य संस्थालाई न्युनतम मापदण्ड मूल्यांकन गरेर दक्ष बनाउने नीति समेत लिइएको हो ।

नगरपालिकाले टेउवा स्थित मुर्तिकला कार्यशाला, एैतिहासिक कोतघर र घुम्टेलाई पर्यटकीय गन्तव्य बनाउने, कृषि उत्पादनमा आधारित अनुदान दिने, किसानको उत्पादनको बजारीकरणमा नगरले अपनत्व लिने व्यवस्था गरिएको छ ।

दरमखोलाको माछा संरक्षणमा नगरपालिकाले नीतिगत व्यवस्था गरेको छ । बर्षातमा माछा मार्न नपाइनै, माछा मार्नेले इजाजत पत्र लिनुपर्ने र तोकिएको विधि र प्रकृयामा आउनेलाई मात्र माछा मार्न दिने व्यवस्था गरेको हो ।

नगरपालिकले फोहोरको दिगो व्यवस्थापन, बैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन युवालाई तालिम दिनै, पशु वधशाला व्यवस्थित बनाउने र खोलानदी सफाइमा ध्यान दिने नीति समेत लिइएको छ । गलकोट क्षेत्रका पुराना झोलुंगे पुल मर्मत गरैर सबैलाई नयाँ बनाउने लक्ष्य समेत नीतिमा व्यवस्था गरिएको छ ।

प्रकाशित : असार ६, २०८१ १५:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×