कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८०

राम्रो गर्ने सहकारीलाई प्रोत्साहन र गलत गर्नेलाई कारबाही हुन्छ : मन्त्री अधिकारी

काठमाडौँ — भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले खराब सहकारीलाई छानविन गरी कारबाही र राम्रो काम गर्नेलाई प्रोत्साहन गर्ने सरकारको नीति रहेको बताएका छन् । 

राम्रो गर्ने सहकारीलाई प्रोत्साहन र गलत गर्नेलाई कारबाही हुन्छ : मन्त्री अधिकारी

बिहीवार आगामी वर्षको बजेटमा मन्त्रालयत विनियोजनमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले यस्तो बताएका हुन् ।

उनले पछिल्लो समय सहकारीमा देखिएका बेथितिहरु सहकारीको मर्म भावना र उद्देश्य अनुरुप काम नगरेर व्यापारको रुपमा काम गरेको विषयलाई मध्यनजर गर्दै एक व्यक्ति एक सहकारी सदस्य रहने कानूनी व्यवस्था गरेको बताए । उनले सहकारीका अहिले देखिएको विचलनले सबै सहकारी एकै हुन् भन्ने भ्रम परेको बताए ।

मन्त्री अधिकारीले खराब गर्ने सहकारीलाई छानविन गरी कारबाही गर्ने र सहीलाई प्रोत्साहन गरेर जाने प्रक्रियामा ध्यान सरकार रहेको बताए । उनले केन्द्र सरकारसँग देशभर १४५ र २७ सय बढी सहकारी प्रदेशमा तथा बाँकी स्थानीय तहमा दर्ता रहेको बताए ।

उनले भने, ‘सहकारीमा देखिएका बेथितिहरु सहकारीको मर्म भावना र उद्देश्य अनुरुप काम नगरेर व्यापारको रुपमा काम गरेको विषयलाई मध्येनजर गर्दै एक व्यक्ति एक सहकारी सदस्य रहने कानूनी व्यवस्था गरेका छौं । सहकारीका अहिले देखिएको विचलनले सबै सहकारी एकै हुन् भन्ने अहिले भ्रम परेको छ । खराब सहकारीलाई छानविन गरी कारबाही गर्ने र सहीलाई प्रोत्साहन गरेर जाने प्रक्रियामा सरकार ध्यान केन्द्रित भएको छ । सहकारीबाट ऋण लिनेहरु तिर्नुपर्दैन भन्ने अभियान चलेको छ तर ऋण लगेपछि तिर्नुपर्छ । नतिर कालोसूचीका राख्ने सूचना जारी गरिन्छ ।'

उनले काम गर्न खोज्दा अन्तरमन्त्रालय बाझिएर काम गर्न नसकिएको भन्दै भूमि सम्बन्धी अहिलका समस्या समाधान गर्न एकीकृत ऐन ल्याउन जरुरी रहेको बताए ।

प्रकाशित : असार ६, २०८१ १५:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×