कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

सिरहामा 'ट्राफिक सप्ताह' सुरु

विनय आजाद

सिरहा — ट्राफिक नियमबारे जनचेतना फैलाउन बिहीबारदेखि 'ट्राफिक सप्ताह–२०८१' सुरु भएको छ । दुर्घटना न्यूनीकरण र ट्राफिक नियम पालनालाई प्रभावकारी बनाउने उद्देश्यले ट्राफिक प्रहरीले एक हप्ते कार्यक्रम सुरु गरेको हो ।

सिरहामा 'ट्राफिक सप्ताह' सुरु

ट्राफिक सप्ताह कार्यक्रम अन्तर्गत आजदेखि सात दिनसम्म सचेतनामूलक कार्यक्रम आयोजना गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय, लहानले जनाएको छ ।

जसअन्तर्गत आज पहिलो दिन लहानमा प्लेकार्ड, ब्यानर, सांस्कृतिक झाँकी सहित प्रभातफेरी गरिएको छ । यस्तै, सिरहा, मिर्चैया,धनगढी महेशबारी, बन्दिपुर, वरियारपट्टी, विष्णुपुर, चोहर्वामा 'चालक र पैदल यात्रुसँग एक मिनेट' कार्यक्रम गरिएको छ ।

दोश्रो दिन शुक्रबार धनगढी, चोहर्वा, झाँझपट्टी र सुखिपुरलगायतका स्थानमा यातायात व्यवसायी तथा यातायात मजदुरहरूसँग दुर्घटना न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिनेछ ।

यसैगरी, लहान, गोलबजार, मिर्चैया र बन्दिपुरमा ट्राफिक व्यवस्थापनका लागि मुख्य चोकहरूमा स्वयंसेवक परिचालन गरिनेछ । यस्तै, लहान र मिर्चैयाका स्कुल तथा कलेजमा विद्यार्थीहरुलाई जनचेतनामूलक प्रशिक्षण कक्षा संचालन गरिनेछ ।

लहान, सिरहा र बन्दिपुरमा भने पर्चा पम्पलेट वितरण र बजार क्षेत्रमा जिँगल बजाइनेछ । महेशबारी, वरियारपट्टी, विष्णुपुर, चोहर्वामा सवारीसाधनहरुमा सचेतनामुलक स्टिकर टाँस्नेछ ।

तेस्रो दिन शनिबार लहानमा सडक नाटक गरिनेछ भने सवारी साधनको मेकानिकल चेकजाँच पनि गरिने ट्राफिक प्रहरीले जानकारी दिएको छ । यस्तै, धनगढी, चोहर्वा र बन्दिपुरमा सिट क्षमताभन्दा बढी यात्रु राखे नराखेको, आरक्षण सिट कार्यान्वयन गरे नगरेको तथा भाडादर अनुगमन गरिनेछ ।

यसैगरी, लहान, गोलबजार र मिर्चैया बजार क्षेत्रमा जिँगल बजाइनेछ । सिरहा, बरियारपट्टी र महेशवारीमा भने पर्चा पम्पलेट वितरण र सवारीसाधनहरुमा सचेतनामुलक स्टिकर टाँसिनेछ ।

चौथो दिन आइतबार लहान,धनगढी, चोहर्वा, बन्दिपुर र सिरहाका बजार क्षेत्रमा जिँगल बजाइनेछ भने विष्णुपुर, सुखिपुर, झाँझपट्टीमा पर्चा पम्पलेट वितरण र सवारीसाधनहरुमा सचेतनामुलक स्टिकर टाँसिनेछ ।

पाँचौ दिन सोमबार लहानमा सार्वजनिक सवारी साधनका चालकहरुको स्वास्थ्य चेकजाँच अन्तर्गत ब्लड प्रेसर चेक, आँखा परिक्षण गरिनेछ । विष्णुपुर, सुखिपुर र झाँझपट्टीमा भित्री सडकखण्डमा मोटरसाइकल चालकहरुलाई अनिवार्य हेल्मेट लगाई फित्ताको क्लिप प्रयोग गर्न लगाउने, मोटरसाईकल लक्षित स्टिकर टाँस्ने, भित्री सडक लक्षित अन्य प्रशिक्षण कार्यक्रम गरिनेछ ।

धनगढी, गोलबजार र बन्दिपुरमा पर्चा पम्पलेट वितरण

तथा सवारीसाधनहरुमा सचेतनामुलक स्टिकर टाँसिनेछ । लहान, मिर्चैया र सिरहाका मुख्य चोकमा जिँगल बजाउने तथा दुर्घटना न्यूनीकरणका लागि ब्यानर डिस्प्ले गर्ने कार्यक्रम छ ।

छैठौं दिन मंगलबार सिरहा, वरियारपट्टी र महेशबारीको भित्री सडकखण्डमा मोटरसाइकल चालकहरुलाई अनिवार्य हेल्मेट लगाई फित्ताको क्लिप प्रयोग गर्न लगाउने र प्रशिक्षण कार्यक्रम गरिनेछ ।

यस्तै, बन्दिपुर, चोहर्वा र लहानको बजार क्षेत्रमा जिँगल बजाउने, धनगढी, गोलबजार, सिरहा र झाँझपट्टीमा पर्चा पम्पलेट वितरण एवं सवारीसाधनहरुमा सचेतनामुलक स्टिकर टाँस्ने कार्यक्रम रहेको छ ।

यस्तै, लहानमा रेडियो र टेलिभिजनबाट सरोकारवालाहरुसँग ट्राफिक व्यवस्थापन सम्बन्धि अन्तरक्रिया गर्ने कार्यक्रम पनि छ ।

सातौं दिन बुधबार भने धनगढी, गोलबजार, चोहर्वा, मिर्चैया, बन्दीपुर, सिरहा, विष्णुपुर, सुखिपुर, झाँझपट्टी र महेशवारीमा जिँगल बजाउने र सवारीसाधनहरुमा सचेतनामुलक स्टिकर टाँस्ने कार्यक्रम छ । र, सोही दिन साँझमा लहानको सहिद चोकमा दिप प्रज्वलन गरी कार्यक्रम समाप्त गरिनेछ ।

जिल्लामा सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको बारेमा व्यापक जनचेतना जगाउने उद्देश्यले सप्ताह मनाउन सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, लहानका प्रमुख डम्बरबहादुर पुरीले बताए ।

प्रकाशित : असार ६, २०८१ १४:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×