कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

विश्व किसान संगठनको सञ्चालकमा नेपालका पाठक निर्वाचित

काठमाडौँ — एफएओको मुख्यालय इटालीको रोममा भएको विश्व भरका किसानहरूको छाता संगठन विश्व किसान संगठन (डब्लुएफओ) को सञ्चालकमा नेपालका खेमबहादुर पाठक निर्वाचित भएका छन् ।

विश्व किसान संगठनको सञ्चालकमा नेपालका पाठक निर्वाचित

नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेड, साना किसान विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्षसमेत रहेका पाठक एसिया प्रशान्तबाट निर्विरोध निर्वाचित भएका हुन् ।

पाठकसहित विश्व किसान संगठनको सञ्चालकमा विश्वभरबाट ६ जना निर्वाचित भएका छन् । विश्वभरका सक्रिय किसान संघ संगठनको छाता संगठनका रुपमा रहेको विश्व किसान संगठनमा नेपालको तर्फबाट सञ्चालक समितिमा निर्वाचित हुने पाठक पहिलो व्यक्ति हुन् ।

किसान र कृषि क्षेत्रको रुपान्तरणका क्षेत्रमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको विश्व किसान संगठनको उच्च तह सञ्चालकमा नेपालको तर्फबाट प्रतिनिधित्व भएको हो ।

गरिबी निवारण, सानाकिसानको समृद्धि, ग्रामीण अर्थतन्त्र सुधारसहित महिला नेतृत्व विकासका क्षेत्रमा सहकारी अभियान र साना किसान अभियानमार्फत निरन्तर सक्रिय पाठक इटालीको रोममा भएको विश्व किसान संगठनको महासभा २०२४ को सदस्य संगठनहरूको चुनावमा सर्वसम्मतले निर्वाचित भएका हुन् ।


प्रकाशित : असार ६, २०८१ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१८ महिना सरकारको नेतृत्व गरेर सत्ता बहिर्गमन भएको माओवादीलाई तपाईंको के सुझाव छ ?

×