कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९

रोशी 'अनिवार्य तथा निःशुल्क शिक्षा लागू' भएको स्थानीय तह घोषणा

काभ्रे — रोशी गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागू स्थानीय तह घोषणा गरिएको छ । बिहीबार गाउँपालिकाले एक विशेष समारोहबीच पालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको स्थानीय तह घोषणा गरेको हो । 

रोशी 'अनिवार्य तथा निःशुल्क शिक्षा लागू' भएको स्थानीय तह घोषणा

गाउँपालिकाको सबै गाउँ, टोल, बस्ती, क्षेत्र भित्र गरिएको सर्वेक्षणमा ६ हजार ७५२ घरधुरी तथा ४ वर्षदेखि १३ वर्षसम्मका विद्यालय उमेर समूहका कुल ५ हजार ७०४ बालबालिकाहरू देखिएको तथा शतप्रतिशत बालबालिकाहरू विद्यालयमा भर्ना भएको र सबै वडाहरू अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएसँगै पालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँ शिक्षा समितिको बुधबारको निर्णय अनुसार बिहीबारदेखि लागू हुने गरी गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको स्थानीय तह घोषणा गरिएको हो ।

शिक्षा विकास निर्देशनालय हेटौंडाका महानिर्देशक दिपेन्द्र सुवेदीले पालिकाले सार्वजनिक गरेको घोषणा पत्र पढेर पालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको पालिका घोषणा गरे ।

उनले संविधानले सुनिश्चित गरेको शिक्षा सम्बन्धी अधिकारलाई पालिकाले शतप्रतिशत कार्यान्वयन गर्दै अनिवार्य तथा निःशुल्क शिक्षा लागू स्थानीय तह घोषणा गरिएको बताए । उनका अनुसार पालिकाभित्र रहेका बालबालिकालाई विद्यालयमा भर्ना गराई शिक्षाको पहुँचमा पुर्‍याएर पालिकाले पहिलो दायित्व पूरा गरेको छ । यसलाई निरन्तरता दिदैं विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि उनले आग्रह गरे ।

पालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागू भई घोषणा गरिएसँगै बालश्रम उन्मूलन, बालमैत्री स्थानीय तह, बालविवाहरहित पालिका घोषणा गर्नका लागि धेरै आधारहरु देखिएको उनले बताए ।

कार्यक्रममा जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख देवका ढकालले विद्यालय उमेरका बालबालिकालाई शिक्षामा पहुँच पुर्‍याउनको लागि पालिकाले अनिवार्य तथा निःशुल्क शिक्षा लागू स्थानीय तह घोषणा गरेकोमा बधाई तथा शुभकामना व्यक्त गरिन् ।

४ वर्षदेखि १३ वर्षसम्मका विद्यालय उमेर समूहका बालबालिकाहरूलाई विद्यालयमा भर्ना गराई काभ्रेको बेथानचोक गाउँपालिका र रोशी गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षा लागू स्थानीय तह घोषणा भएका छन् ।

प्रकाशित : असार ६, २०८१ १५:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×