कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

विश्व बैंकका लागि माल्दिभ्स, नेपाल र श्रीलंकासम्बन्धी मामिला हेर्न सिस्लेन नियुक्त

काठमाडौँ — विश्व बैंकले नेपाल, माल्दिभ्स र श्रीलंकासम्बन्धी मामिला हेर्ने प्रमुखमा डेभिड सिस्लेनलाई नियुक्त गरेको छ । उनले जुलाई १ देखि पदभार सम्हाल्ने विश्व बैंकले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसअघि फारिस हदाद–जर्भोसले विश्व बैंकका लागि यो क्षेत्रको नेतृत्व सम्हाल्दै आएका थिए । 

विश्व बैंकका लागि माल्दिभ्स, नेपाल र श्रीलंकासम्बन्धी मामिला हेर्न सिस्लेन नियुक्त

अमेरिका र इटलीको दोहोरो नागरिक रहेको र सन् २००१ मा अर्बान क्लस्टर युनिटमा अर्थशास्त्रीका रूपमा सिस्लेन विश्व बैंक प्रवेश गरेको विज्ञप्तिमा उल्लेख छ । त्यसयता उनले प्रक्रियागत र व्यवस्थापकीय पदमा विभिन्न क्षेत्रमा काम गरेका थिए । पछिल्लो समय वासिङ्टनमा रहेर सिस्लेनले ल्याटिन अमेरिका एवं क्यारिबियन क्षेत्रमा सहरी, विपत् जोखिम व्यवस्थापनमा प्राक्टिस म्यानेजरका भूमिकामा कार्यभार निर्वाह गरेका थिए ।

‘म मेरो नयाँ भूमिकाप्रति उत्साहित छु र हाम्रा सम्पूर्ण सरोकारवाला एवं साझेदारहरूसँग चाँडै भेट्न आतुर छु,’ सिस्लेनले भनेका छन्, ‘सरकारी निकाय, विकास साझेदार र विविध सरोकारवालाहरूसँग विश्व बैंकका प्राथमिकताअनुरूप रणनीतिक बहसमार्फत प्रक्रियागत कार्यहरूलाई अघि बढाउनु मेरो प्रमुख प्राथमिकता हुनेछ ।’

विश्व बैंकअन्तर्गत करिब ४.८ अर्ब डलरको पोर्टफोलियो रहेको माल्दिभ्स, नेपाल र श्रीलंका क्षेत्रका बैंकका गतिविधिहरूमा सिस्लेनले दिशानिर्देश गर्नेछन् ।

प्रकाशित : असार ६, २०८१ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१८ महिना सरकारको नेतृत्व गरेर सत्ता बहिर्गमन भएको माओवादीलाई तपाईंको के सुझाव छ ?

×