२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९१

एआईलाई गाउँ-गाउँसम्म पुर्‍याउनुपर्छ : सांसद गौतम

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिले जीवन सहज बनाउने भएकाले यसलाई शहर मात्रै होइन, गाउँ-गाउँमा पुर्‍याउनुपर्ने धारणा राखेकी छन् । शनिबार आयोजित राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलनको एक सत्रमा उनले एआईसम्बन्धी आयोग बनाउन ढिलाइ गर्न नहुने बताइन् ।

एआईलाई गाउँ-गाउँसम्म पुर्‍याउनुपर्छ : सांसद गौतम

'जसरी अहिले नेपालका लागि जलवायू परिवर्तन असाध्यै महत्वपूर्ण मुद्दा बनिरहेको छ र यसका लागि वन तथा वातावरण मन्त्रालय छ,' सांसद गौतमले भनिन्, 'अब यसलाई एउटा मन्त्रालयले मात्रै नभएर नयाँ-नयाँ आयोग बनाएर हेर्ने कि भन्ने कुरा पनि उठिरहेको छ । त्यस्तै, एआईका लागि पनि नयाँ तरिकाले सोच्नुपर्छ । एआई आयोग वा मन्त्रालय बनाउन ढिलाइ गर्नु हुँदैन ।' एआईको प्राविधिक र व्यवहारिक पक्षहरूबारे बुझेर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा उनले कुन कन्टेन्ट एआईले बनाएको हो भन्ने कुरा आम मानिसले थाहा नपाउने स्थिति रहेको पनि बताइन् । तथापी, यो भर्खरै उदाउँदो विषय भएकाले यसलाई मानवविरुद्ध प्रयोग नहुने सुनिश्चित गरेर फ्रकिन/फुल्न दिनुपर्ने धारणा राखिन् । 'आजको दिनमा यसलाई थप फ्लरिस हुन दिन आपसी सहकार्यको मोडलमा काम गर्नुपर्छ,' उनले भनिन्, 'एआईलाई गाउँ-गाउँ पुर्‍याऊँ ।मान्छेको जीवनलाई अहित हुने गरी प्रयोग नगरौं भनेर डिजिटल साक्षरताका कार्यक्रम गरौं ।'

एआई गलत हो भन्ने भाष्य सही नभएको उनको तर्क थियो । 'एआई गलत हो भन्न छोडौं, यो आएरै छोड्छ,' उनले भनिन्, 'बरु, यसलाई गाउँ-गाउँमा पुर्‍याउनुपर्छ । काठमाडौं मात्र हेरेर भएन, यसले गाउँ-गाउँमा सहयोग पुर्‍याउन सक्छ ।' एआईलाई नियमनका लागि भने अझै पर्खिनुपर्ने उनले बताइन् ।

प्रकाशित : असार १, २०८१ १७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्तामा २ जना मात्रै उपस्थित भएपछि नियुक्तिमा अन्योल छाएको छ । अध्यक्ष नियुक्तिमा मुख्यरुपमा के भइरहेजस्तो लाग्छ ?

x